सुकौरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

0
91
Advertisementcorona-new-ads

हेटौंडा, ९ चैत/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अगुवाई एवम् नेतृत्वमा खरिद् गरिएको एम्बुलेन्स मकवानपुरगढी गाउँपालिका–७ को सुकौरामा रहेको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै नेता बानियाँलगायत ।

नेता बानियाँको विशेष पहलसहित आर्थिक सहयोगमा एम्बुलेनस खरिद् अभियान सञ्चालन भएको थियो । शिवम् सिमेण्ट, बानियाँ निर्माण सेवा, ओम साई कन्स्ट्रक्सन, मोतिदान कन्स्ट्रक्सन र मोर्डन ईन्फ्राइस्टक्चरको आर्थिक सहयोगमा एम्बेलुन्स खरिद गरिएको हो । नेता बानियाँले सोमबार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । मकवानपुरगढी गाउँपालिका–७ का वडा अध्यक्ष एवम् स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर रुम्बालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

भौतिक रुपमा विकट रहेको सुकौरा र आसपासका बासिन्दाको सहजताको लागि एम्बुलेन्स हस्तान्तरण गरिएको नेता ईन्द्रबहादुर बानियाँले बताए । उनले विपन्न तथा महिलालाई विशेष प्राथमिकता र छुट दिएर एम्बुलेन्स सञ्चालन गर्न उनले अनुरोध गरे । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गढी–८ का वडा अध्यक्ष कुमारसिं घिसिङ, शिवम् सिमेण्टका प्रमुख कार्यकारी निर्देशक देवेन्द्र सिन्हा, स्वास्थ्य चौकीका उपाध्यक्ष प्रतिमान रुम्बा, सुकौरा टोल विकास संस्थाका अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने, जनता माविका प्रधानाध्यापक होमबहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कांग्रेस मकवानपुरको प्रतिनिधिसभा २ का संघीय सभापति यतिराज सापकोटा, कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, नेता आकाश गोले लगायतको आतिथ्यता रहेको थियो । एम्बुलेन्स सञ्चालनपछि मकवानपुरको विकट पूर्वी क्षेत्र सुकौरा, बुढिचौर, ठिंगनलगायतका क्षेत्रका बासिन्दालाई सहज हुनेछ ।

प्रतिकृया दिनुहोस्