आश्रममा खाद्यान्न र फलफूल वितरण

0
112
Advertisementcorona-new-ads

हेटौंडा, १९ चैत/राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका विभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न वितरण गरिएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश स्तरीय मुल समारोह समितिको आयोजनामा बिहीबार हेटौंडामा रहेका ३ वटा आश्रमहरुमा फलफूल तथा खाद्यान्न खरिदका लागि नगद १० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।

खाद्यान्न खरिदको लागि हेटौंड १७ गैरिगाउँमा रहेको श्रीमद्भागवत ज्ञान सञ्चार वृद्धाश्रम, हेटौंडा १५ मा रहेको दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल र हेटौंडा २ को ओम वृद्धाश्रमलाई १० हजार रुपैयाँको चेकसहित फलफूल वितरण गरिएको हो । सहकारी दिवस अन्तरगत चैत्र २० गते शुक्रबार हेटौंडा ९ को मानव सेवा आश्रम, हेटौंडा ११ को मामाघर नेपाल र हेटौंडा ३ को राजदेवी असहाय आश्रममा फलफूल र खाद्यान्न खरिदका लागि नगद हस्तान्तरण गर्ने कार्यक्रम रहेको जिल्ला सहकारी संघ मकवानपुरले जनाएको छ ।

फलफूल तथा नगद हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मनिता शाक्य (बैद्य), मन्त्रालयका रजिस्ट्रार विक्रम प्रसाद पाण्डेय, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्