सहकारीबाट समृद्धि : मन्त्री लामा

0
136
Advertisementcorona-new-ads

हेटौंडा, २० चैत/बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सहकारीको माध्यमबाट मुलुकको समृद्धि हुने बताएका छन् । सहकारी दिवस–२०७७ को अवसरमा मकवानपुरका विभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका लामाले सहकारीको कारण आर्थिक सशक्तिकरण भएको उल्लेख गर्दै उनले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।

आश्रमलाई खाद्यान्न र चेक हस्तान्तरण गरिँदै ।

६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा शुक्रबार हेटौंडामा रहेका तीनवटा आश्रममा फलफूल तथा १ दिनलाइ पुग्ने खाद्यान्न खरिदका लागि चेक हस्तान्तरण गरिएको थियो । खाद्यान्न खरिदको लागि मानवसेवा आश्रम, मामाघर नेपाल, राजदेवी असहाय आश्रम हेटौंडालाई चेक र फलफूल प्रदान गरिएको हो । कार्यक्रममा मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, बागमती प्रदेशका सहकारी रजिस्ट्रार विक्रमप्रसाद पाण्डे, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, सचिव दिनेश उपाध्याय, प्रदेश सहकारी संघका संचालक मेनुका घिमिरे दाहाल, हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष उर्मिला पुडासैनी, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख ज्योति महत, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दाहाल, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणि दाहाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी दिवसका अवसरमा देश भरिका सहकरीका कर्मचारीमध्ये उत्कृष्ट भएका जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका व्यवस्थापक सुमित्राकुमारी वाइबालाई सम्मान गरिएको थियो । सहकारी दिवसको अवसरमा सबै सहकारीले शुक्रबार कार्यालय परिसरमा साँझ दीप प्रज्वलन गरेका थिए ।

प्रतिकृया दिनुहोस्