अन्तर पालिका फुटबलको तयारी सुरु

0
132
Advertisementcorona-new-ads

हेटौंडा, २ बैशाख/मकवानपुरमा पहिलो पटक आयोजना हुन लागेको अन्तर पालिका फुटबल प्रतियोगताको तयारी सुरु गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा पालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिता यही बैशाख ९ गतेबाट हेटौंडाको हुप्रचौरमा सञ्चालन हुँदैछ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघको संयुक्त बैठकले प्रतियोगिताका लागि विभिन्न उपसमितिहरु बनाएको छ । प्रतियोगिताको लागि विभिन्न ११ वटा उपसमितिहरु गठन भएको छ । चौर व्यवस्थापन समितिमा सुनिल लोप्चन, प्राविधिक समितिमा कल्पना शर्मा, स्वास्थ्य समितिमा निरुकुमारी मगर, अतिथि सत्कारमा सानुकुमार लामा, अनुशासन समितिमा देवराज रिमाल, टिम व्यवस्थापनमा युनाल मल्ल, स्वयमसेवक परिचालमा किशोर श्रेष्ठ, मन्च व्यवस्थापनमा विमल थापा मगर प्रचार प्रसारमा समितिमा विवश अधिकारी तथा पुरस्कारमा खुशराज दाहालको टिमलाई जिम्मेवारी दिइएको छ ।

प्रतियोगितामा मकवानपुरका १० वटै स्थानीय तहबाट एक/एक वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले दुई र उपविजेताले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि सबै स्थानीय तहले खेलाडी छनौट तथा आवश्यक अभ्यासलाई अघि बढाइसकेको छ । जिल्ला समन्वय समिति मकवानपुरले यस प्रतियोगितालाई प्रत्येक बर्ष निरन्तरता दिँदै जाने योजना बनाएको छ ।

प्रतिकृया दिनुहोस्