विजेता खेलाडीलाई पिप्ले क्लबको सम्मान

0
147
Advertisementcorona-new-ads

हेटौंडा, २ बैशाख/सर्लाहीमा सम्पन्न पाँचौ राजर्षी जनक कप फुटबल प्रतियोगिताको बिजेता हेटौंडाको पिप्ले युवा क्लवले खेलाडीलाई सम्मान गरेको छ । बिहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै क्लबले खेलाडी एवम् प्रशिक्षक र म्यानेजरलाई नगद एवम् प्रमाणपत्र सहित सम्मान गरेको हो ।

सोमबार भएको फाइनल खेलमा आयोजक बागमती नगरपालिकालाई सडनडेथमा पराजित गर्दै पिप्लेले उपाधीसहित नगद १० लाख रुपैयाँ प्राप्त गरेको थियो । पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रममा वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष बानियाँले पिप्ले युवा क्लबलाई कहिल्यै पनि आर्थिक अभाव हुन नदिने उद्घोष गरे । हेटौंडा–५ क्याम्पाडाँडामा निर्माण भैरहेको मिनि रंगशाला यथाशक्य छिटो सम्पन्न गर्न सबै लागिपर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, अखिल नेपाल फुटबल संघ (एन्फा)का बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, फुटबल संघ मकवानपुर सदस्य विकेशलाल श्रेष्ठ, खेलकुद पत्रकार मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल, स्थानीय समाजसेवी इश्वर ढुंगानालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा खेलकुद विकास समितिका कार्यालय प्रमुख दाहालले कोरोना विमा वापत प्राप्त रकम बाट निर्माणाधीन रंगशाला निर्माणको लागि १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्