जोरविजोर प्रणाली उल्लंघन गर्नेलाई जरिवाना

0
67
Advertisementcorona-new-ads

हेटौंडा, १३ बैशाख/कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरमा लागू गरिएको जोरविजोर प्रणाली नमान्ने र मास्क नलगाइ हिँडेकालाई कारबाही गरिएको छ ।

सर्वसाधारणलाई चेक गर्दै प्रहरी टोली ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सोमेन्द्रसिंह राठौरको सहभागितामा हेटौंडाको विभिन्न नाकामा भएको चेकिङको क्रममा जोरविजोर नमानेका र मास्क नलगाएकाहरुलाई कारबाही गरेको हो । जोरविजोर प्रणाली उल्लंघन गरेका ५५ वटा मोटरसाइकल, ७ वटा अटो, ५ वटा म्याजिक र एउटा मयुरीलाई कारबाही गरिएको छ ।

यस्तै मास्क नलगाइ हिँडेका २३ जनालाई एकसय रुपैयाँको दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए । आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा जोरविजोर प्रणाली लागू गरेको छ ।

प्रहरीले जिल्लामा चेकिङ र कारबाही अभियानलाई तीव्रता दिने योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सोमेन्द्रसिंह राठौरले जोरविजोर प्रणालीलाई आत्मसाथ गर्न र मास्क लगाएर अत्यावश्यक काममा मात्र घरबाट निस्किन अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्