पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

0
133
Advertisementcorona-new-ads

हेटौंडा, १३ बैशाख/नेपाल पत्रकार महासंघ मकवानपुरलाई उद्योग वाणिज्य संघ र रिद्धिसिद्धि कस्मास्यूटिकल्सले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा सूचना सम्प्रेषणमा खटिने पत्रकारहरुको सहजताको लागि महासंघलाई मास्क, सेनिटाइजर तथा सावुन प्रदान गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सहयोगीहरु ।

मकवानपुर उद्योग वाणिज्य संघले ७ सय थान मास्क, ५० थान साबुन र रिद्धिसिद्धि कस्मास्यूटिकल्सले ९० थान सय एमएलको सेनिटाइजर सहयोग गरेको हो । स्वास्थ्य सामग्री वितरण गर्दै मउवा संघका अध्यक्ष कृष्ण कटुवाल र रिद्धिसिद्धिका हृदेन्द्र गौतमले आवश्यक परे थप सामग्री सहयोग गर्न तयार रहेको बताए ।

सामग्री ग्रहण गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै उपलब्ध स्वास्थ्य सामग्री मकवानपुरका संचारकर्मीलाई प्रदान गरिने बताए । स्वास्थ्य सामग्री हस्तान्तरणमा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय कृष्णकुमार गुप्ता अग्रवाल, रामप्रसाद न्यौपाने लगायत उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्