मनहरीमा ग्रामीणको अन्तर सम्वाद

0
182
Advertisementcorona-new-ads

हेटौंडा, १४ बैशाख/ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको आयोजनामा युवा सञ्जाल, धार्मिक नेतृत्वकर्ता, सञ्चारकर्मी र स्थानीय तहका प्रतिनिधिसँग अन्तर सम्वाद कार्यक्रम भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित ‘निर्णय र नेतृत्व’ कार्यक्रम अन्तर्गत सञ्चालन भैरहेको कार्यक्रमका सहभागी र सरोकारवालाबीच अन्तर सम्वाद कार्यक्रम भएको हो ।

सहभागी किशोरीहरुले उनीहरुसँग सम्बन्धित विषय उठान गरेका थिए । सहभागीहरुले बालविवाह कायमै रहेको, छोराछोरीको बीचमा भेदभाव रहेको, गाउँपालिकाले युवाको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको, भ्रुणहत्या हुने गरेको लगायतका सवाल उठान गरेका थिए । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले गत बर्ष मकवानपुरमा ५ वटा बालविवाह बदर गरिएको जानकारी दिँदै यस बर्ष कोभिडका कारण बालविवाहको घटना खासै नआएको बताइन् । ‘अभिभावक र स्वयम् बालबालिकाबाट नै उमेर ढाँटने र छल्ने गरेको पाइएको छ । बालबालिकाकै जबरजस्तीको कारण पनि बालविवाह हुने गरेको छ’, उपाध्यक्ष बिष्टले भनिन्, ‘उमेर नपुगी विवाह गर्ने र गराउनको परिवारलाई गाउँपालिकाको सेवासुविधाबाट बञ्चित गराउने जानकारी गराएका छौं ।’

बालश्रम, विद्यालय छोड्ने दरको न्यूनीकरण र बालविवाह रोक्न सबै सरोकारवाला एक हुनुपर्ने बिष्टको भनाई थियो । कार्यक्रममा सहभागी भएका मनहरी गाउँपालिका–३ नम्बर वडाका कार्यबाहक अध्यक्ष बिष्णु थिङ, कार्यपालिका सदस्य गीता प्रजा, गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारी, पत्रकार गणेशदर्पण अधिकारी, हिन्दु धर्मका नेतृत्वकर्ता बद्रीप्रसाद अधिकारी, इसाई धर्मका अगुवा गोपी विश्वकर्मालगायतले किशोरीहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए । अन्तर सम्वादलाई प्रकाश खतिवडाले सहजीकरण गरेका थिए । कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा, कार्यक्रम संयोजक दीपक न्यौपाने, सुपरभाइजर रोजिता दंगाल, सामाजिक परिचालक सुनिता लुइँटेलगायतको सहभागिता रहेको थियो ।

अन्तर सम्वाद कार्यक्रमका सहभागीहरु ।

प्रतिकृया दिनुहोस्