सकृय हुँदै कांग्रेसको कोभिड अनुगमन समिति

0
74
Advertisementcorona-new-ads

हेटौंडा, १८ बैशाख/मकवानपुरमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै नेपाली कांग्रेस निकटको कोभिड–१९ अनुगमन समिति थप सकृय बनेको छ ।

समितिको शनिबार बसेको बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा कोरोनाको दोस्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको छ । समितिका जिल्ला संयोजक उत्सव इटेनीको अध्यक्षतामा बसेको बैठकले समितिका सदस्य मणिराज गौतमलाई सचिव, जानुका गिरीलाई कोषाध्यक्ष र स्वास्थ्यकर्मी सुधीर दाहाललाई सदस्यमा मनोनित गरेको छ ।

बैठकले कोरोना जोखिमलाई न्यूनीकरण गर्नका लागि कोराना कोष खडा गर्ने निर्णय गरेको छ । समितिका सदस्य सुधीर दाहालले समितिलाई उपलब्ध गराएको एकहजार थान माक्स र ५ लिटर सेनिटाइजर सहयोगको लागि धन्यवाद ज्ञापन गरेको छ । बैठकमा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, समितिका सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, डोल्मा स्याङ्वो, मदन जोशी लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्