विहीबार ६८ जनामा कोरोना

0
107
Advertisementcorona-new-ads

हेटौंडा, २३ बैशाख/ मकवानपुरमा बिहीबार थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार गरिएको ९७ जनाको परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताए । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ५९ जना, थाहा नगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् ।
यसैबीच, हेटौंडा अस्पतालको कोभिड वार्डमा २७ जना भर्ना भएका छन् । एचडियुमा १८ जना भर्ना भएका छन् । यसमा १० जना पुरुष र ८ जना महिला रहेका छन् । यस्तै, आइसियुमा ९ जना भर्ना भएका छन् । ७ जना पुरुष र २ जना महिला आइसियु वार्डमा भर्ना भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्