बाल साहित्य परिचालन समिति गठन

0
132
Advertisementcorona-new-ads

हेटौंडा,२५ बैशाख/झरना–बकैया बाल साहित्य परिचालन समिति गठन भएको छ । झरना साहित्य परिवार मकवानपुरको शनिबार भएको २६५ औं नियमित साहित्य शृंखलाका अवसरमा बकैया स्तरीय समिति गठन गरिएको हो ।

बकैया गाउँपालिकाभित्र रहेका बालसाहित्य समितिका गतिविधिहरुलाई प्रभावकारी बनाउनका लागि १३ सदस्यीय बाल साहित्य परिचालन समिति गठन भएको संस्थाका अध्यक्ष दिपक गौतमले जानकारी दिए । झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको संयोजकत्वमा गठित झरना बाल साहित्य परिचालन समितिको अध्यक्षमा विजय दोङ र सचिवमा स्वस्तिका दाहाल रहेका छन् । परिचालन समितिका सदस्यहरुमा बकैया गाउँपालिकामा रहेका सम्पूर्ण माध्यमिक विद्यालय र आधारभुत विद्यालयहरुमा यसअघि नै गठन भएका बालसाहित्य समूहका ११ जना अध्यक्षहरु रहेको सचिव मसान उपासकले जानकारी दिए ।

कार्यक्रममा बकैया स्थित बालसाहित्य समितिका बालबालिकाहरुले आ–आफ्ना रचना समेत वाचन गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै नयाँ पुस्तालाई राम्रोसँग परिचालन गर्न सके आगामी दिनमा पनि साहित्यको नेतृत्व स्थापित हुन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा हरि घिमिरे, हरिवंश चौधरी, शुभलक्ष्मी प्रभा, स्वस्तिका दाहाललगायतले रचना वाचन गरेका थिए । झरना साहित्यिक परिवारले ‘सिर्जनशील नयाँ पुस्ता निर्माण’ अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्