वडा प्रहरीको भवन शिलान्यास

0
81
Advertisementcorona-new-ads

हेटौंडा, २७ बैशाख/हेटौंडा–४ हुप्रचौरमा निर्माण हुन लागेको वडा प्रहरी कार्यालय हेटौंडाको भवन शिलान्यास गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवन शिलान्यास गरेका हुन् ।

हुप्रचौरको डाटा सेन्टरसँगै रहेको जग्गामा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको करोड ६० लाख रूपैयाँको लागतमा ५ तले भवन निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्