राजथलाको उपचारलाई तेक्वान्दो संघको सहयोग

0
1001
Advertisementcorona-new-ads

हेटौंडा,३१ बैशाख/ नेपाल तेक्वान्दो संघ मकवानपुर जिल्लाका संस्थापक दिलिप राजथलालाई जिल्ला कार्यसमितिले १ लाख ७ हजार ५सय रुपैयाँ सहयोग गरेको छ । क्यान्सर रोगबाट पीडित राजथलालाई उपचार खर्चको लागि कार्यसमितीका सदस्यहरु सहयोग बापतको रकम हस्तान्तरण गरिएको हो ।
नेपाल तेक्वान्दो संघ मकवानपुर शाखाका अध्यक्ष लालकाजी बज्राचार्यको पहलमा कार्यसमितिका सम्पूर्ण सदस्यहरु, स्वदेश तथा विदेशमा रहेका तेक्वान्दोसँग आबद्ध पुर्व खेलाडीहरुको सहयोगमा उक्त रकम राजथलालाई दिइएको हो । सुपारेटार व्यारेकका कर्णेल सुमन खड्काले १५ हजार रुपैयाँ, नेपाल तेक्वान्दो संघका प्रमुख प्रशिक्षक नवीन कुमार श्रेष्ठ, मकवानपुरका प्रकाश श्रेष्ठ, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमिति, संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्य, सल्लाहकार भिम बहादुर राउत, दिपेन्द्र चन्द ठकुरी, उपाध्यक्ष पशुपति हटवाल, ओम कुमार लामा, कोषाध्यक्ष, ठाकुर नाथ सुवेदी, सदस्यहरु रबिन्द्र डंगोल, माधव लाल श्रेष्ठ, गोपाल सुनार, जिल्ला पुर्व उपाध्यक्ष प्रकाश पुडासैनी, पुर्व अन्तराष्ट्रिय खेलाडी, रेखा लामा श्रेष्ठ, पुर्व कार्यसमिति सदस्य सरिता न्यौपानेले ५/५ हजार सहयोग गरेका थिए ।
जिल्ला कार्यसमिति सचिव बिक्रम लामिछानेले २ हजार ५ सय, सदस्य हरि भुजेलले २ हजार ५ सय सल्लाहकार माधव कोइराला, उपाध्यक्ष निरु मगर, सहसचिव सुरसा ढुङ्गाना, सदस्य विमल बिक, अन्तराष्ट्रिय खेलाडी सञ्जिव ओझाले २/२ हजार, फापरबारी डोजाङ प्रमुख सुनिल थिङले १ हजार ५ सय, गौरिगाउँ तेक्वान्दो डोजाङ प्रमुख शिव हरि राई ले १ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष बज्राचार्यले बताए । त्यस्तै चितवनका रक्षा फार्मका सन्चालक राजेन्द्र प्रसाद तिवारीले राजथलाको सम्पूर्ण औषधि उपचार सहयोग गर्ने प्रतिबद्धता गरेको अध्यक्ष बज्राचार्यले बताए ।

प्रतिकृया दिनुहोस्