हेटौंडा ६ मा कोभिड रेस्पोन्स कार्यदल गठन

0
579
Advertisementcorona-new-ads

हेटौंडा, १ जेठ/ हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडामा कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल गठन भएको छ । कोरोना भाईरसको जोखिम र यसको न्यूनिकरणका लागि वडा तहबाट पहल गर्ने उदेश्यले कार्यदलको गठन गरिएको हो ।

हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई संयोजक रहने गरी वडामा रहेका टोलविकास संस्था र क्षेत्रगत रुपका व्यक्तिहरुको पहिचान गरी २७ सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सहसंयोजकमा भरत सापकोटा र सदस्य सचिवमा हेटौंडा स्वास्थ्य चौकी चौघडाका प्रमुख टिएन ढुङ्गेल रहने गरी कार्यदल गठन भएको हो । कार्यदलमा गौरीटार क्षेत्रबाट बासु खतिवडा, शोभा खतिवडा, हात्तिलेटबाट समाधान सापकोटा, लक्ष्मण पौडेल, सुपेन्द्र खनाल, रामनगर पन्ध्रविगाह क्षेत्रबाट भावना रिजाल, विजय पौडेल सदस्य रहेका छन् । त्यसैगरी कल्याणटार क्षेत्रबाट सरिता मिश्र, विश्वराज राई, पुतलीबजारबाट रुपेश दुलाल, न्यूरेनीबाट गुप्तप्रसाद पौडेल, लव राई, चौघडा चुच्चेखोलाबाट रामहरि तिमल्सिना, पवन दुलाल, शोभा घिमिरे, गौरव पराजुली केशव धिताल, शोनी गुरुङ, पुष्पराज पराजुली, निलाम्बर सापकोटा, वडा सदस्य राजकुमार बास्तोला, प्रहरी चौकी चौघडा र सिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालका प्रतिनिधि सदस्य रहने गरि शनिबार सामाजिक दुरी कायम गर्र्दै बसेको बैठकले कार्यदल गठन गरेको हो ।

वडाभित्र भएका कोरोना संक्रमितहरुलाई परामर्श गर्दै कोरोना नियन्त्रणको लागि पहलकदमी सुरु गर्न कार्यदलको निर्माण भएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले जानकारीदिए । संक्रमितहरुलाई आवश्यक पर्ने स्वास्थ्य उपचारको प्रवन्ध, स्वास्थ्य सामग्री र आवश्यक परेको खण्डमा राहतको व्यवस्था समेत यो कार्यदलले गर्ने उनले जानकारी दिए । त्यसैगरी कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदललाई संक्रमितहरुका लागि सहयोग र परामर्श एवम् राहत कार्यका लागि २५ हजार रुपैयाँ नगद संकलन भएको छ । कार्यदलमानै रहेका सदस्यहरुबाट उक्त रकम संकलन भएको हो । कार्यदललाई हेटौंडा १७ चुच्चेखोलाका युवा व्यवसायी उदय विडारीले २ सय लिटर डिजल, १० बोरा चामल र १ बोरा दाल सहयोग गरेका छन् ।

हालसम्म हेटौंडा ६ मा ५५ जना संक्रिय संक्रमित रहेका छन् । सबै संक्रमितहरुसंग प्रत्यक्ष रुपमा स्वास्थ्य चौकीले सम्पर्क एवम् समन्वय गरिरहेको स्वास्थ्य चौकीका प्रमुख टिएन ढुङ्गेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्