हि ! हि ! कमरेड अब प्रतिज्ञा गर्न पर्दैन

0
814
Advertisementcorona-new-ads
सुवास तिमल्सिना, नेबि सघ जिल्ला सदस्य, मकवानपुर

हो ! कमरेड त्यो पर्दैन
अब्बाको पात खाएसी कोरानाले केही गर्दैन
यहाँ वेड र अक्सिजन नपायर तड्पिदै छन
त्यसैले हो ! प्रतिज्ञा गर्न पर्दैन

हो ! कमरेड त्यो पदैन
भोक र रोगले भनेको कोही मर्दैन
यहाँ भ्याक्सिन र चामल नपाएर
जनता छट्पदैछन
त्यसैले हो ! कमरेड प्रतिज्ञा गर्न पर्दैन

हो ! कमरेड त्यो पर्दैन
शतिmशभा गर्नाले कोरोना सर्दैन
सयौं सक्रमित दिनौँ मर्दैछन
त्यसैले हो ! कमरेड प्रतिज्ञा गर्न पर्दैन

हो ! कमरेड त्यो पर्दैन
चुलामा ग्यास सिलिन्डर बोक्न पर्दैन
सिलिन्डर भर्न नपाएर भोकै पर्दैछन
त्यसैले हो ! कमरेड प्रतिज्ञा गर्न पर्दैन

हो ! कमरेड त्यो पर्दैन
भष्ट्रको अनुहार हामी हेर्दैनौं
यहा ७० करोड खुल्ला खुल्लै छन्
त्यसैले हो ! कमरेड प्रतिज्ञा गर्न पर्दैन

हो ! कमरेड त्यो पर्दैन
राष्ट्रघाती सँग हामी सम्झौता गर्दैनौं
‘रअ’हरुको क्रिडास्थल बन्दैछ
हि ! हि ! कमरेड अब प्रतिज्ञा गर्न प्रदैन

प्रतिकृया दिनुहोस्