सागरको नेतृत्वमा लियो क्लब अफ मकवानपुर हेटौंडा

0
233
Advertisementcorona-new-ads


हेटौंडा/लियो क्लब अफ मकवानपुर हेटौंडामा बर्ष सन् २०२१/२२ को अध्यक्षमा सागर ढुङ्गेल चयन भएका छन् । भर्चुअल प्रविधिबाट भएको लियो क्लब अफ मकवानपुर हेटौंडाको साधारण सभाबाट ढुङ्गेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएका हो ।

क्लवको प्रथम उपाध्यक्षमा सुर्दशन बराल, द्धितिय उपाध्यक्षमा सहनशिला ढकाल, तृतीय उपाध्यक्षमा रुविन श्रेष्ठ, सचिवमा विप्लभ गौतम र कोषाध्यक्षमा प्रविन पौडेल चयन भएका छन् ।
क्लवका उपाध्यक्ष सागर ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा लायन्स क्लव अफ मकवानपुर हेटौंडाका अध्यक्ष हरी शर्मा रहेका थिए । कार्यक्रममा लायन्स क्लब अफ मकवानपुर हेटौंडा पूर्व अध्यक्ष तथा लियो एडभाइजर रवि शर्मा कडेल, लियो क्लब अफ मकवानपुर हेटौंडाको संस्थापक अध्यक्ष सुसान्त खतिवडा र पूर्व अध्यक्ष सन्तोष वस्यालको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्