निशूल्क खाना कार्यक्रम जारी, २ सय ४४ जनाले खाना खाए

0
131
Advertisementcorona-new-ads


हेटौंडा, रोटरी क्लब अफ मकवानपुरको अगुवाईमा हेटौंडामा निशूल्क खाना खुवाउने कार्य जारी रहेको छ । छैठौं दिन आज (सोमबार) हेटौंडा–४, हुप्रचौरमा ११४ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि ८० र असहाय बिरामीहरुका लागि घरमुखी सेवाबाट ३० जना गरी कुल २२४ जनालाई सेवा दिन सफल भएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिए ।

यसैगरी हेटौंडा अस्पतालमा उपचाररत १०२ जना बिरामीहरु तथा कर्मचारीहरुलाई निशुल्क बिहानको नास्ता ९अण्डा र मुँगको दाल० प्रदान गरिएको छ । रोटरी क्लबले निषेधाज्ञाको अवधिभर हरेक दिन बिहानको खाना निशूल्क खुवाउने कार्य जारी रहने क्लबले जनाएको छ ।

रोटरी क्लबले बिहानको खाना खुवाउने कार्य सञ्चालन गर्न क्लबका निर्देशक शुक्र राज जोशीको संयोजकत्वमा सञ्चालन गरिरहेको छ भने बिहानको खाजाको कार्यक्रम क्लबका सचिव कृष्णबहादुर कार्कीको संयोजनमा भइरहेको छ । छैठौं दिनको निशुल्क खाना कार्यक्रम सञ्चालन गर्न काठमाडौ निवासी रेडियो नेपालकी पूर्व समाचारवाचिका कृष्णा ताम्राकारले सहयोग गरेका हुन् । यस्तै हेटौंडा–१०, बसपार्क निवासी राजीव खड्गीले पनि ३ हजार रुपैयाँ सहयोग गरेका छन् । हरेक दिन प्राप्त हुने सहयोगले नै अभियान जारी राखेको क्लवका अध्यक्ष सांगामीले बताए ।

प्रतिकृया दिनुहोस्