वातावरण दिवसमा ‘फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम

0
93
Advertisementcorona-new-ads

हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङग्रेजी विद्यालयमा ‘नवोदय फोटोग्राफी कन्टेस्ट’ कार्यक्रम शनिबार सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित भर्चुअल प्रविधिमार्फत भएको फोटोग्राफी कन्टेस्टमा रोनश उप्रेती प्रथम भए ।

५२ जनाले सहभागिता जनाएको प्रतियोगितामा उप्रेती प्रथम हुँदा सुमनिमा राई द्वितीय हुन सफल भइन् । ३० प्रतिशत फेशबुक लाइक, ३० प्रतिशत भोटिङ र ४० प्रतिशत निर्णायकको आधारमा नतिजा तयार पारिएको विद्यालयका शिक्षक इशाक राईले जानकारी दिए । ‘सिए (क्रियटिभ आर्ट)’ शिक्षकको समन्वयमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाले हावा र पानी स्वच्छ सफा भएमा मात्र मानिस स्वस्थ्य रहनेमा जोड दिए ।

‘विद्यार्थीको प्रतिभा प्रस्फोटन तारिफ योग्य छ ।’ उनले भने –‘वातावरण स्वच्छ राख्नलाई कुरा मात्र होइन काम पनि गर्नुपर्दछ ।’ सिएका शिक्षक प्रलय चौलागाईले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए । वातावरण प्रदूषण हुदाँ प्रकृतिसँगै मानिसलाई कस्तो असर पु¥याउँछ भन्ने विषयलाई विद्यार्थीहरुले नाटकमार्फत प्रस्तुत गरेका थिए । वातावरण दिवसको अवसरमा फोटो प्रदर्शनी, वातावरणसम्बन्धी गीत प्रस्तुत गरेका थिए। विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रममा विद्यालयका भाइस प्रिसिन्पल दुर्गा भट्राई, शैक्षिक संयोजक अव्यक्त खनाललगायतअभिभावक, विद्यार्थीको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्