पुनःस्थापना केन्द्रमा खाद्यान्न हस्तान्तरण

0
204
Advertisementcorona-new-ads

हेटौंडा, २८ जेठ/ हेटौंडा १४, मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरिएको छ ।
राहतको आवश्यक देखिए पछि मकवानपुर जिल्ला तरुण दल सदस्य आशिष थापाले व्यक्तिगत खर्चमा राहत वितरण गरेका हुन् । उनले पुनस्र्थापना केन्द्रलाई चामल ५ बोरा, सरफ १० किलो, साबुन ५ दर्जन हस्तान्तरण गरेका हुन् । यस्तो महामारीको बेलामा विभिन्न स्थानमा राहत वितरण गर्दै र अरुलाई पहल गर्दै सहयोग गरेको थापाले बताए । उनले केही दिन अघि पदमपोखरीमा रहेका १० विपन्न घरलाई पनि व्यक्तिगत खर्चमा राहत सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्