रानी सामुदायिक वनद्वारा बाल उद्यान निर्माण

0
136
Advertisementcorona-new-ads

हेटौंडा, २८ जेठ/ हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटनको विकासको लागि बाल उद्यान निर्माण गरेको छ । समूहको चालु आव. ०७७÷०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बाल उद्यान निर्माण गरिएको समूहले जनाएको छ ।
डिभिजन वन कार्यालय, मकवानपुरको ४ लाख ६५ हजार र वन समूहको ५१ हजार गरि कुल ५ लाख १६ हजार रुपैयाँको लागतमा बाल उद्यान निर्माण गरिएको समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताए । समूहको ब्लक नंं ५ स्थित शान्तिटोलमा बाल उद्यान निर्माण गरिएको छ । समूहले शान्तिटोल विकास सँग समन्वय गरेर यस ब्लकमा विभिन्न कार्यहरु गरिरहेको छ । यस ब्लकमा किरातेश्वर मन्दिर, रिटेनिङ वाल निर्माण, प्रतिक्षालय निर्माण लगायतका भौतिक संरचनाहरु निर्माण गरिएको छ । वनको प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्दै काम भैरहेको समूहले जनाएको छ ।
वन समूहले विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको उद्धार गर्न डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा सालक केज निर्माण गर्ने काम गरिरहेको समूहका उपाध्यक्ष केशव धितालले बताए ।

प्रतिकृया दिनुहोस्