एकदिने मुक्तक प्रशिक्षण

0
553
Advertisementcorona-new-ads

हेटौंडा, १८ असार/नवोदय साहित्यिक बगैंचा बाल क्लबको आयोजनामा एकदिने मुक्तक लेखन प्रशिक्षण कार्यक्रम भएको छ ।

भर्चुअल प्रविधिबाट भएको प्रशिक्षण कार्यक्रममा हेटौंडा क्याम्पसका नेपाली विषय प्राध्यापक मनोज पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिव एकसय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीमाझ मुक्तक लेखन सीपको विकास गराउनुको साथै मुक्तकप्रति रुची बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको नवोदय विद्यालयका नेपाली विषयका शिक्षक उपेन्द्र राना मगरले जानकारी दिए ।

कार्यक्रममा नेपाली विषयका शिक्षक रोशन चौलागाई, कल्पना निरौला, भवानी सापकोटा लगायतको आतिथ्यता रहेको थियो । नवोदय साहित्यिक बगैंचा बाल क्लवका सदस्य तथा कार्यक्रम संयोजक स्तुती गुरागाईंको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस्