निषेधाज्ञामा सरकारी दाना उद्योगको कारोवार बढ्यो

0
176
Advertisementcorona-new-ads

सम्झना रिजाल
हेटौंडा, २० असार/दुग्ध विकास संस्थान अन्तर्गत पशु आहारा उत्पादन कारखानाको कारोवार बढेको छ । निषेधाज्ञाको समयमा यो कारखानाको उत्पादन बढेको हो । दाना उद्योगले आर्थिक बर्ष २०७५/०७६मा २१ लाख चार हजार ८ सय २५ किलो दाना बिक्री गरी ७ करोड १९ लाख ७१ हजार रुपैयाँ आम्दामी गर्न सफल भएको कार्यालयका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले बताए ।

तस्विरः गुगल

आर्थिक बर्ष २०७६/७७ मा करिब ८ लाख किलो बढी अर्थात् २९ लाख २७ हजार २ सय २५ किलो दाना बिक्री गर्न सफल भएको छ । यसबाट उद्योगले ११ करोड ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । चालु आर्थिक बर्षको जेठ महिनासम्म २८ लाख ६४ हजार ७ सय ५० किलो दाना बिक्री गरीसकेको छ । ‘निषेधाज्ञाको समयमा हामीले दानाको बिक्री धेरै गर्न सफल भयौं,’ उनले भने,‘योबीचमा निजी उद्योग पनि बन्द अवस्थामा रहे हामीले निषेधाज्ञाको समयमा पनि निरन्तर उद्योग सञ्चालन ग¥यौ । फागुन यता दाना बिक्रीमा केही वृद्धी भएको छ ।’

उद्योगले फागुनमा २ लाख ६८ हजार, चैतमा ३ लाख ३६ हजार र बैशाखमा ३ लाख ४८ हजार केजी दाना बिक्री गरेको छ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म उद्योगले दाना बिक्रि गरेर १० करोड ८० लाख ८५ हजार रुपैया आम्दानी गरेको छ । ‘यो आर्थिक बर्ष सकिन केहि समय बाँकी छ । गएको आर्थिक बर्ष भन्दा यो बर्ष दाना बिक्री बढ्ने देखिएको छ,’ उनले भने ।
हेटौडामा उद्योग रहे पनि मकवानपुर जिल्लामा नै दाना कम खपत हुने गरेको छ । यो उद्योगबाट उत्पादित दाना सबै भन्दा धेरै चितवन र काभ्रेमा खपत हुने श्रेष्ठले बताए । ‘पशु पालनका लागी यि जिल्लाहरु अग्रणी भागमा छन् । त्यसै कारणले पनि दाना धेरै खपत हुन्छ,’ उनले भने । उद्योगको क्षमता भन्दा धेरै दानाको माग रहेको भन्दै उनले कच्चा पर्दाथ खरिदमा समस्या रहेको बताए ।

एक पटक टेण्डर आह्वान गर्दा १५ लाख भन्दा माथीको गर्न नपाइने र सामान आउन समय लाग्ने भएका कारण उद्योग सञ्चालनमा कठिनाइ आउने गरेको श्रेष्ठको भनाइ छ । ‘एक पटक टेण्डर गरिसके पछि सामान नआइ अर्को टेण्डर गर्न मिल्दैन,’ उनले भने,‘एक पटक आएको सामानले २० दिन पनि पुग्दैन । एकै पटक धेरै रकमको टेण्डर गर्न पनि मिल्दैन जसको कारण समस्या आउछ ।’ आगामी आर्थिक बर्षबाट लक्ष्य निर्धारण गरी केन्द्रीय कार्यालयबाट कच्चा पदार्थ मगाउने योजना रहेको श्रेष्ठले बताए । बर्षको दुई पटक लक्ष्य निर्धारण गरेर सामान ल्याउने तयारी गरीएको हो । यसरी कच्चा पदार्थ ल्याउन सके माग अनुसारको दाना उत्पादन गर्न सकिने उनले बताए ।

यो कारखाना मार्फत उत्पादन भएको दाना सहकारी तथा डिलर मार्फत बिक्रि हुने साथै निजि कम्पनिको दाना भन्दा सस्तो पनि हुने उनले बताए । यो उद्योग बाट दुइ किसिमका दानाहरु उत्पादन हुने गरेका छन । ठाँउ अनुसार दानाको मुल्य फरक रहेको श्रेष्ठले बताए । ‘भौगोलीक दुरीका आधारमा यसको मुल्यमा केहि फरक छ । हामीले ३८ देखि ४५ रुपैयाँ केजी सम्ममा बेच्ने गरेका छौ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्