उपमहानगरको खर्च ७२ प्रतिशत

0
169
Advertisementcorona-new-ads

हेटौंडा, १ साउन/ हेटौंडा उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ७२ प्रतिशत खर्च गर्न सफल भएको छ । वितेको आर्थिक वर्ष २०७७÷७८मा विनियोजित बजेटमा हेटौंडा उपमहानगरपालिकाले ७२ दशमलव २५ प्रतिशत खर्च गर्न सफल भएको मेयर हरिबहादुर महतले जानकारी दिए ।
असार मसान्त सम्ममा धेरै खर्च गर्न सक्ने स्थानीय सरकार केही मध्यमा एक हुन सफल भएको मेयर हरि बहादुर महतले बताए । अन्तिम चौमासिकमा सबै भन्दा धेरै खर्च गरिने भएपनि कोरोना भाइरस संक्रमणको महामारी चलेकाले अझै अपेक्षा गरेजति खर्च गर्न नसकिएको उनले बताए ।
जनप्रतिनिधि र कर्मचारी बीच आवश्यक समन्वय प्रभावकारी हुँदा धेरै विकास निर्माणका काम गर्न सफल भएको उनले बताए । बितेको आर्थिक वर्षको भौतिक प्रगति भने ८० प्रतिशत पुगेको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताए । कोरोनाका महामारी, निषेधाज्ञाकाबीचमा काम धेरै भएकोले प्रगति पनि देखिएको उनले बताए । चारवर्षको अवधिमा उपमहानगरपालिकाले दुरगामी महत्व राख्ने धेरै काम गर्न सफल भएको मेयर महतले बताए । साउनमा वार्षिक समीक्षा समेत गरिने उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाले दीर्घकालिन महत्व राख्ने भौतिक पूर्वाधार निर्माणको काम सुरु गरेको उनले बताए । भौतिक पूर्वाधार योजना तर्फ सञ्चालित महत्वपूर्ण योजनाहरुमा बसपार्क तथा बस टर्मिनल भवन निर्माण कार्य प्रारम्भ गरिएको मेयर महतले बताए । हेटौंडा ४ मा अत्याधुनिक सुविधा सम्पन्न बहुउद्धेश्यीय व्यापारिक भवन निर्माण कार्यको ठेक्का सम्बन्धी सूचना प्रकाशन भैसकेको छ । वडा नंम्बर ४ हुप्रचौरमा ८ सय मिटर रनिङ ट्रयाक सम्पन्न भएको छ । हेटौंडा ८ चन्द्रोदय माविको मैदानमा प्याराफिट निर्माण कार्य अघि बढेको छ । वडा नम्बर १२ र १४ को वडा कार्यालय प्रशासकीय भवन निर्माण कार्य चालु अवस्थामा रहेको मेयर महतले बताए ।
वडा कार्यालयको प्रशासनिक भवनमा एकरुपता ल्याउन बाँकी वडाको भवनको निर्माण कार्यको डिजाइन तयारीको प्रक्रिया अगाडी बढाइएको छ । नगरको चक्रपथ सडक निर्माण कार्य अन्तर्गत पहिलो चरणमा वडा नम्बर १५ र १६ मा सडक कंक्रिट ढलान गर्ने कार्य चालु अवस्थामा रहेको उनले बताए । वडा नम्बर १४ मा बनेलधाप कालापानी खानेपानी योजना निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ ।
नमुना विद्यालय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आधुनिक राष्ट्रिय मावि र चन्द्रोदय माविको अत्याधुनिक भवन निर्माण कार्य चालु अवस्थामा रहेको छ । प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदान अन्तर्गत वडा नम्बर १७ को रानीखोला राजदेवी सडक कालोपत्रे योजना सम्पन्न भएको छ । १७ नंम्बर वडा कै चुच्चेखोला रामपुर डाँडा सडक निर्माण भएको छ । ५ नम्बर वडाको रिटेनिङ पर्खाल र कंक्रिट रोड निर्माण योजना खण्ड १ र वडा नम्बर ७ को सडक स्तरीकरण कान्तिलोकपथ देखि वडा कार्यालय जाने सडक निर्माण कार्य सम्पन्न भएको छ । योजना कार्यन्वयनमा सहजताको लागि जेसिवि १, टोटल स्टेशन ३ थान खरीद गरिएको छ ।

प्रतिकृया दिनुहोस्