विभिन्न माग राख्दै शिक्षकहरु धर्नामा

0
217
Advertisementcorona-new-ads

हेटौंडा, १ साउन/ विभिन्न मागहरु राख्दै मकवानपुरका शिक्षकहरु धर्नामा बसेका छन् । शुक्रबार विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना दिएका हुन् । आफ्ना मागहरु पटक पटक राख्दा पनि कुनै सुनुवाइ नभए पछि धर्नामा बस्न बाध्य भएको नेपाल शिक्षक संघ मकवानपुरका उपाध्यक्ष गणेशप्रसाद हुमागाईले बताए ।
सरकारले शिक्षकहरुलाई उपेक्षा गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको नेपाल शिक्षक महासंघ बागमती प्रदेशस मितिले जनाएको छ । शिक्षकहरुले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत छुट्याउन माग गरेका छन् । त्यसैगरी संघीय शिक्ष ऐन जारी गर्नुपर्ने, विद्यालय शिक्षाको विकास गर्नुपर्ने, बालकक्षाका शिक्षक तथा अन्य कर्मचारीको तलब वृद्धि हुनु पर्ने, अव्यवहारिक शिक्षक दरबन्दी मिलानको काम खारेज गर्नुपर्ने, देशका विभिन्न स्थानीय तहले शिक्षक तथा कर्मचारीलाई गरेका सरुवा, पदस्थापन बन्द गर्नुपर्ने लगायतका ३४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको हुमागाईले बताए ।
नेपाल शिक्षक महासंघ बागमती प्रदेश आन्दोलन परिचालन समितिको आयोजनामा बागमती प्रदेशका शिक्षकहरूले हेटौंडा–२ मा रहेको बागमति प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना दिएका हुन् । बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दीपकलाल खतिवडाको नेतृत्वमा बागमती प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले कार्यालयमा धर्ना दिएका हुन् । शिक्षकहरुको विभिन्न ३४ वटा मागहरुसहित केन्द्रीय कार्यक्रम अन्तर्गत शुक्रबार बिहान बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिइएको नेपाल शिक्षक संघ हेटौंडा नगर सचिव श्रीराम लुइँटेलले बताए । यस अघि शिक्षक महासंघ मकवानपुरले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना दिएको थियो ।

प्रतिकृया दिनुहोस्