काठमाडौंका १० नगरपालिकालाई अक्सिजन सिलिन्डर

0
183
Advertisementcorona-new-ads

हेटौंडा, १ साउन/ बागमती प्रदेश सरकारले काठमाडौंका १० वटा नगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । काठमाण्डौ टेकुमा रहेको प्रदेस जनस्वास्थ्य कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विभिन्न नगरपालिकाका स्वास्थ्य महाशाखालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।
काठमाण्डौ जिल्लाको टोखा नगरपालिकालाई १५ वटा सिलिन्डर प्रदान गरिएको छ । किर्तिपुर ,चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरालाई १० थान र दक्षिणकाली शंखरापुर नगरपालिकालाई ५ थान सिलिन्डर सहयोग गरिएको थियो ।
सो अवसरमा नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दिपक निरौला, प्रदेस सभा सदस्य प्रकाश श्रेष्ठ, रमा आले मगर, मणिराम फुयाल, केशव पोखरेल, जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रि बहादुर कार्की सहित नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै बागमती प्रदेश सरकारले भक्तपुरको खव्प अस्पताललाई २० थान र सुर्य विनायक स्वास्थ्य चौकीलाई ५ थान सिलिन्डर प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्