थप एकको मृत्यु, ५६ जनामा कोरोना

0
49
Advertisementcorona-new-ads

हेटौंडा, १ साउन/ मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ५ का ७२ वर्षीय वृद्ध पुरुष रहेका छन् ।
वृद्धको शुक्रबार विहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार वृद्धमा असार २४ गते कोरोना पुष्टि भएको र असार २५ गते उपचारको हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।
मकवानपुरमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार २ सय ३२ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरि कार्यलयका अनुसार शुक्रबार थप ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा शुक्रबारसम्म ६ सय ११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ४७ जना आफ्नै घरमा र ६४ जना संस्थागत आइसोलेसनमा ६४ जना उपचाररत रहेको कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्