थप ८४ जनामा संक्रमण पुष्टि

0
59
Advertisementcorona-new-ads

हेटौंडा, ५ साउन/ मकवानपुरमा थप ८४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा मंगलबार २ सय ६६ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५३ जना हेटौंडा उपमहानपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका ११ जना, थाहा नगरपालिका भित्रका ७ जना, इन्द्रसरोबर गाउँपालिका भित्रका ६ जना, कैलाश गाउँपालिका भित्रका ३ जना, भीमफेदी गाउँपालिका भित्रका २ जना, मकवानपुरगढी र राक्सिराङ गाउँपालिका भित्रका एक÷एक जना रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १२ हजार २ सय ३१ पुगेको कार्यलयले जाएको छ ।
यसैगरि मंगलबार थप १ सय ३ जनाले कोरोना जितका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ११ हजार ४ सय ७१ पुगेको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको छ । जिल्लामा मंगलबारसम्म ५ सय ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय २६ जना घरमा र ५३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्