वडा कार्यालयलाई स्वास्थ्य सामग्री

0
129
Advertisementcorona-new-ads

हेटौंडा, ८ साउन / महिला बालबालिका तथा वातावरण सुधार मञ्च ओचिण्डको समन्वयमा सार्थक नेपाल संस्था र सोभिता परियारको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ लाई शुक्रबार समन्वय गर्ने संस्था ओचिण्डले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
वडा कार्यालयमा आउने सेवाग्राहीहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिँदै स्वास्थ्य सामग्री सहयोग गर्नको लागि १६ नम्बर वडा कार्यालय छनोट गरेको ओचिण्डका कार्यकारी निर्देशक उद्धव बानियाँले बताए । कोरोना संक्रमको जोखिमलाई न्यूनिकरण गर्नको लागि आवश्यक पर्ने मास्क, सेनिटाईजर, अक्सिमिटर र पीपीई वडा कार्यालयलाई सहयोग गरिएको हो । सहयोग लिदै वडा अध्यक्ष कोईरालाले प्राप्त भएको सहयोग टोल विकास संस्थामार्फत वडामा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी अध्यक्ष कोईरालाले वडालाई प्राप्त भएको पीपीईको आवश्यकता वडाभित्र भन्दा पनि कोरोना संक्रमणको समयमा सहयोग पु¥याउँदै आएको संस्था सहयोगी मन नेपाललाई हस्तान्तरण गरेका छन् । आवश्यकताको आधारमा सहयोगी मन नेपालले नै पीपीई वितरण गर्ने भन्दै सहयोगी मनका अध्यक्ष केदार प्रसाद चौलागाईलाई पीपीई हस्तारण गरेका हुन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमा समाजसेवी नवराज खतिवडा, स्थानीय टोल विकास संस्थाका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्