‘धापमारे ठाइलो’

0
157
Advertisementcorona-new-ads
निर्मल घिमिरे

आधाउधी कपाल तिल–चामल झै फुलिसकेको, कक्षा तीन भन्दा माथिल्लो कक्षामा उक्लन नसक्दा सानो उमेर मै पढाइ छोडी भागेको उसको शैक्षिक
इतिहास । जीवनको लामै समय दरभङ्गा (भारतको बिहार राज्य स्थित एक शहर) मा ज्याला मजदुरी गरी ३४ सालपछी फर्किएको हुँदा उसले बोल्ने वाक्यहरुमा कही न कही भोजपुरी ट्युन झल्किन्थ्यो । प्रवासी हुन गए देखी ३२ वर्ष सम्म एक चोटी पनि नेपाल नआएको हुँदा नेपाली भाषा बोल्न अकमक्किने गर्दथ्यो । ‘अगर’, ‘क्यानम’, ‘मतलब’, ‘दुबारा’, ‘मालुम’ जस्ता हिन्दी र भोजपुरी शब्दहरु उसले बोलिने हरेक वाक्यहरुमा मिश्रित भएर उच्चारित हुने गर्दथ्यो ।
नियतबस नभई समय–समयमा आफ से आफ आफै उसका आँखा झिम्क्याउने आदत बसेको थियो । जति कोशिष गरे पनि त्यो नानी उसले छुटाउनै सकेको थिएन । सोही आनी बानी देख्दा गाउका ठिटाठिटीहरुले उनलाई ‘चिमचिमे काका’ भन्दथे भने दाजु–भाइले ‘लठेप्रो’ उपनाम
राखिदिएका थिए । भतिजा–भतिजी अनि नाती–नातीनाहरुले ‘लाटो’ भनेर उपनाम दिएका थिए भने भाउजु÷बुहारीहरुले चाही ‘गोज्याङ्ग्रो’ उपनाम राखिदिएका थिए । देवघाटको भीम बिक जस्तै गरी साना सँग होस कि ठुला सँग, जो सँग पनि बोल्दा पनि ‘धाप मारेर’ बोल्ने बानी हुँदा बुढापाका गाउलेहरुले उनलाई ‘धापमारे गोतामे ठाइलो’ भनेर चिन्दथे । तर नाम, दाम र इज्जत बढी नै भएको कारण उनी बाहेक घरका अरु सबै जनाको थर ‘गौतम’ थियो । केवल उनको मात्र गोतामे । उसलाई त्यसले त्यस्तो कुनै पर्वाह लाग्दैन थियो । जसले जुन नामले पुकारे पनि त्यी सबै नाम आफ्नै होला भन्ठानेर सबैलाई उत्तिकै आदर सम्मान र
आज्ञाकारी बन्दथे ।
बोल्दाखेरी नाके–नाके स्वर भए पनि सबै लाई ‘हजुर’, ‘तपाइ’ जस्ता आदर भावले बोल्ने र बडो मज्जाले अट्टहास स्वभावले हासेर बोल्ने अत्यन्तै रसिक स्वभाबको वाककला । उसका दाजुभाइहरु सबै गाउमै बसेर पनि सबैजना पढे
लेखेका । कोही मास्टर, कोही खरदार्, कोही पशु स्वास्थ्य कार्यकर्ता, कोही गाउ मै पसल चलाएर बसेका ब्यापारी । सबैको बन्दोबस्त उचित भैसकेको थियो । ठाइलो छोरो भएकोले आफूभन्दा ठुला दाइहरुको त नाती–नातीना समेत भइसकेका थिए भने उसले चाही परदेशी जीवन अनि केवल काम कै मात्र ध्याउन्नले गर्दा होला सायद उसले आÇनो बारेमा सोच्ने फुर्सद समेत नपाएर होला जीवनको ४३ औ बसन्त पार गतिसक्दा समेत बिहे समेत गरेको थिएनन ।
बिहेबारी नगरेको र जुन भाइको घरमा खान दिन्छन्, उसले उनैका घरमा दिन भरी खेतिपातीको काम देखी बस्तुभाउ चराउने, हलो जोत्ने, घास दाउरा, स्याउला ल्याउने देखी भतिजा–भतिजीको कपडा धोइदिने काम समेत गरिदिनु पथ्र्यो । भाउजुहरु र बुहारी एबम भातिजा भातिजीको त के कुरा गर्नु, आफ्नै दाजुभाइहरुले समेत उसलाई ‘आफ्नो दाजु भाइ हो’ भनेर सोही अनुसारको ब्यवहार कहिल्यै गर्दैनन थिए । केवल सित्तैमा काम खानलाई सबै जनाले मुखन्जेल
चेपारे पार्दथे भने उसको अनुपस्थितीमा चाही गिज्ज्याउथे । देउरानी जेठानीमा उसबाट काम खानलाई हानाथाप नै
पथ्र्यो । सबैले लदाउन मात्र जानेका
थिए । तर पनि धापमारे ठाइलोलाई कुनै वास्तै लाग्दैन थियो । जसले जे भने पनि हासेर फुर्ती साथ खुशीले मानिदिन्थ्यो । उसको यही कमजोरीको फाइदा जो कोहीले उठाउथे ।
उ खुल्ला किताब झै थियो, कसैको कुभलो चिताउनै सक्दैन थियो । सबैलाई उत्तिकै खुशी बनाउन पाए हुन्थ्यो भन्ने सोचाइ राख्थ्यो । तर यती हुँदा हुँदै पनि बुहारी–भाउजुहरु चाही आफ्नो काम
परेको बेला खोज्दा भेटिनन भने ‘ए फलानी हाम्रो गोज्यानङ्ग्रोलाई त्यता कतै देख्यौ र’ भनेर छिमेकीलाई सोधेको उसका आफ्नै कानले कयौ पटक सुन्दा भने ऊ ग्वाली माथी लगाएको आÇनो बिस्तारामा पल्टेर मन दुखाएर धेरै बेर रुन्थे । दाजु भाइको गोठालो जादा एउटा दुइ ब्याटरी जाने
रेडियो बजाउदै सुनेर बस्थ्यो । रेडियोमा बोलेको सुन्दा सुन्दा उसमा नेपाली भाषाको ज्ञान बिस्तार हुँदै थियो । बस्तु भाउ
चराउन जादा गोठाला सहपाठीहरुसँग उनको धेरै राम्रो सम्बन्ध थियो । ठिटाहरु गोठाला जादा बाघचालमा घण्टौ घोप्टिदा उनैले सबैको बस्तुभाउको रेखदेख गरिदिन्थे किनकि उनी सबैले भनेका र अ¥हाएका कुरा सजिल्यै मानिदिन्थे ।
गाउकै पुछारपट्टी सुनसान ठाउमा एक अधबैसे अविवाहित महिला एक्लै
घरमा बस्थिन । उनी बोल्न सक्दैन
थिइन् । उनी घरमा एक्लै बस्ने हुँदा
राती दुइ जना गाउकै जड्याहाहरु गएर ललाइ फकाइ गरे । यद्यपी उनी त्यहाँबाट चिच्याएर उम्कन खोज्दा त्यी बलिस्ट जड्याहाहरुले उनलाई जबरजस्तीकरणी गरेर गए । बिहान गाउलेहरुले थाहा पाए र उनको लागी न्याय माग्दै आन्दोलन गर्दै महिला समूहहरुले आन्दोलन फुके ।
शहरबाट बढ्का–बढ्का महिला
अधिकारकर्मीहरु आए । युट्युबे, टिकटके र फेसबूकेहरुको भिड लाग्न थाल्यो र आफै न्यायधिश बन्दै फैसलाको निर्णय मिडिया मार्फत सम्प्रेषण गर्न थाले । बोल्न नसक्ने हुँदा उनलाई जबरजस्ती गर्ने
अपराधीहरुको थिए उनले बताउन चाहेर पनि सकिनन ।
तर सबै भन्दा सोझो, बोल्न राम्रो सँग नजान्ने र सजिल्यै दोष लगाउन सकिने, जसलाई पनि आखा झिम्क्याउने बानी, सबैलाई मायाले स्पर्स गर्दै धाप मार्ने
सकारात्मक स्वभावको कारणको सड्ढाले गर्दा भनौ या जो सोझो, उसको मुखमा घोचो भन्ने कारणले भनौ, गाउले र युटुब्बेको भिडले दोषी करार गरेर उनै धापमारे ठाइलोलाई प्रहरी बोलाएर बुझाइदिए । उनले पनि बोल्न त खोज्दै थिए आफु निर्दोश हु भनेर । तर त्यो भीडमा उनको बोली सुन्ने न त कोही थिए, न त बोलिदिने नै । भीडभाड कै उजुरी अनुसार प्रहरीले मुचुल्का खडा ग¥यो, बयान सोही अनुसार नै लियो । अदालतमा सोही अनुसार कै मिसिल प्रस्तुत गरियो । सोही कागज अनुसार कै अदालती फैसला भई उसलाई कारागार चलान
गरियो ।
कारागारको सजाय भुक्तान
गरिरहेको दुइ बर्ष पछी एक दिन त्यी दुइ जड्याहाले जाड खाएको दिन भट्टीमा आपसमा झगडा पर्दा एकले अर्कोको पोल खोलेको कुरा भट्टिकी सहुनिले मोबाइलमा रेकर्ड गरेर प्रमाण सुरक्षित गरी
गाउँलेहरुलाई दिएकी हुनाले गाउलेहरुले प्रहरीलाई खबर गरेर त्यी नरपिचास हरुलाई तुरन्तै गिरÇतार गरी प्रकृया पु¥याएर अदालतबाट पुन निर्णय गराइ धापमारे ठाइलोलाई छुटाए भने अपराधीलाई उनको ठाउमा जेलमा कोचिदिए ।
यो देश मात्र उसको रहेछ्, बाकी केहि पनि रहेनछ उसको यहाँ । बिना कसुर धापमारेले इज्जत गुमाए, सजाय पाए, दुइ बर्षसम्म खोरमा जाकियो । तर जव उनी छुटेर गाउमा आए, तब बिना कसुर सजाय दिलाईएकोमा न त कुनै गाउलेहरु लज्जित भए, न त आत्मा आलोचना नै गरे, न त क्षमा याचना नै गरे भने न त कसैले उनि सामुन्ने आइ ‘सरी है धापमारे’ भने ।
यही कुराले मन मन कुड्याउदै आफैले आफैलाई धिक्कार्दै गर्हौ, थकित, शरिर र टिल्पिलाउदै आखाका ढकनीका साथ मन भरी पिडा बोकी अब आइन्दा कहिल्यै नेपाल नफर्किने प्रणका साथ धापमारे ठाइलो दरभङ्गा जाने बस चढी आजै रबाना हुँदै छ । हो यी र यस्तै ब्यतिथीले गर्दा मनप्रसाद गौतम उर्फ धापमारे गोतामे ठाइलो देशै छोडी सधैका लागी प्रवासिदै छन् आज ।

प्रतिकृया दिनुहोस्