मनहरीमा पनि पुस्तकालय उद्घाटन

0
135
Advertisementcorona-new-ads

हेटौंडा, ९ साउन/ पठन संस्कृतिको विकास गर्ने उद्देश्यले जिल्लाको विभिन्न स्थानमा पुस्तकालय निर्माण गरिरहेको पुस्तकालय अभियान समूह मकवानपुरले मनहरी गाउँपालिकामा पनि पुस्तकालय स्थापना गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी सामुदायिक पुस्तकालयको उद्घाटन गरेका छन् ।
पुस्तकालय अभियान समुह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको १ सय ४९ थान पुस्तक सहयोग गरेसंगै मनहरीमा पुस्तकालय स्थापना भएको हो । मनहरी सामुदायिक पुस्तकालयका अध्यक्ष ईन्द्रमणि स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले पुस्तकालयका लागि गाउँपालिकाबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए । पुस्तकालयलाई वडास्तरमा समेत स्थापना गर्दै लैजाने योजना रहेको सुनाए । मनहरी गाउँपालिका–७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङले पुस्तकालय स्थापना अभियान उदाहरणीय भएको बताउँदै यसका लागि व्यक्तिगत र वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । कार्यक्रममै उनले पुस्तकालयका लागि पुस्तक खरिदका लागि ५ हजार रुपैयाँ सहयोग गरेका थिए । कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य पत्रकार प्रताप विष्टले सचेत नागरिक एवम् सभ्य समाज निर्माणमा पठन संस्कृति अपरिहार्य भएको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता वनस्तम थिङ, रोटरी माविका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेल, पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । पुस्तकालय अभियान समूहले डेढ महिनाको अवधिमा ५ वटा पुस्तकालय स्थापनामा सहयोग गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्