पार्टी परिवर्तन गरेकालाई कारबाहीको सिफारिस

0
85
Advertisementcorona-new-ads

हेटौंडा, १० साउन/ पार्टी परित्याग गरी अर्को पार्टीमा गैसकेका दुई सहित तीनजना नेतालाई कारबाहीका लागि नेकपा माओवादी केन्द्रले सिफारिस गरेको छ । माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले नगर सचिवालय सदस्य रहेका हेटौंडा उपमहानगरपालिका–१४ नम्बर वडा अध्यक्ष दीपक खड्का, नगर कमिटी सदस्य शालिकराम ढकाल र उत्सव चौँलागाईलाई कारबाहीको लागि पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
वडाध्यक्ष खड्काले पार्टी नीतिविरुद्ध गतिविधि गरेको आरोप लगाइएको छ भने ढकाल र चौलागाई अन्य पार्टीमा प्रवेश गरेकाले उनीहरुलाई कारबाहीको सिफारिस गरिएको बताइएको छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएसंगै माओवादीका केही नेताहरु एमालेमा लागेका थिए । नगर कमिटीको सिफारिसको बिषयमा जिल्ला कमिटी बैठकमा छलफल हुने माओवादीले जनाएको छ । साथै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा समेत आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यता एवम् नगर अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको भएको बैठकमा पार्टी प्रदेश कमिटी सदस्य ललित घलान, प्रदेश सल्लाहकार कौशल पाण्डे, जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन, प्रमिला पुलामी, लक्ष्मी माझी, नगर इन्चार्ज विवेक राई, भगिरथ नेपाल, जीवन गोले लगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस्