दीगो विकास लक्ष्यको प्रगति समीक्षा

0
417
Advertisementcorona-new-ads

हेटौंडा, १० साउन/ दीगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपाल बागमती प्रदेशको आयोजनामा प्रदेशको दीगो विकासको लक्ष्य प्रगतिको बारेमा प्रदेश स्तरीय समीक्षा भएको छ । दीगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपाल बागमती प्रदेश संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा जुम मार्फत भएको कार्यक्रममा दीगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले दीगो विकासका अवधारणा, यसका १७ वटा लक्ष्य, परिणात्मक लक्ष्य, सूचकहरु, दीगो विकास लक्ष्यको महत्व, एजेण्डाको कायान्वयन कसरी गर्न सकिन्छ लगायतको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा ईन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतम, गैसस महासंघ केन्द्रीय सदस्य बुद्धशरण लामा, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्याल, महिला अधिकारकर्मी सरस्वती बर्तौला, मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठलगायतले दीगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र नागरिक समाजको सहकार्य आवश्यकता रहेको औंल्याएका थिए ।
उनीहरुले स्थानीय तहमा दीगो विकास लक्ष्य प्राप्तिीो लागि कार्यक्रम हुनुपर्ने, मूल्यांकन र विश्लेषण हुनपर्ने कुरामा जोड दिएका थिए । दीगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका राष्ट्रिय संयोजक श्रेष्ठले दिगो विकासका १७ लक्ष्य, ४७९ सुचक र १६९ परिणात्मक लक्ष्य पूरा गर्न सरकारसँगै बसेर सहकार्य गर्न नागरिक समाज नै जागरुक हुनपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्