फुटबल प्रशिक्षण शुरु

0
235
Advertisementcorona-new-ads

हेटौंडा, १९ साउन/ हेटौंडा–१५ मा रहेको श्री शक्तिश्वरी युवा क्लबले ३ महिने फुटबल प्रशिक्षण शुरु गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै औपचारिक रुपमा प्रशिक्षण सुरु गरिएको क्लबका अध्यक्ष एसके लामाले बताए ।
अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १५ नम्बर वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षण कार्यक्रमलाई रिद्धिसिद्धी सिमेन्ट उद्योग सहयोग तथा सरोकार समिती र रिद्धिसिद्धी सिमेन्ट ढुवानी व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष लामाका अनुसार ३ महिने प्रशिक्षणमा १६ देखि १८ वर्ष उमेर समूहका २५ जना र २० देखि २४ वर्ष उमेर समूहका २५ जना गरि ५० जना खेलाडीले प्रशिक्षण लिने छन् । अहिलेका युवाहरूलाई बिकृती बिस·तिबाट टाढा राख्न र पछि हुने नगर कप जिल्ला लिगका लागि खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको अध्यक्ष लामाले बताए । हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भिम लामाले ३ महिना प्रशिक्षण गराउने छन् । कार्यक्रममा खुसी टोल बिकास समितिका अध्यक्ष भेषबहादुर स्याङ्तान, समृद्धि टोल बिकास समितिका अध्यक्ष गणेश वाइवा, उपाध्यक्ष उमेश स्याङ्बो, क्लबका सचिव आइतेसिङ लामालगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्