८ ए साइड फुटबल प्रतियोगिता हुने

0
443
Advertisementcorona-new-ads
Football.

हेटौंडा, ३१ साउन/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा ८ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र युवा समाजको आयोजनामा विजया दशमीको अवसर पारेर असोज २१ गतेदेखि २७ गतेसम्म प्रतियोगिता हुने भएको हो । ‘हाम्रो प्रतिबद्धता खेलकुदको मार्फत सामाजिक एकता’ लागि भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्वतन्त्र युवा समाजका संयोजक हेलिश मोक्तानले बताए । प्रतियोगिता आयोजना गर्न हेटौंडा –९ का वडाअध्यक्ष लक्ष्मण भण्डारीले सहमति जनाउँदै वडाबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताका लागि हेटौंडा ९ का २४ वटा विभिन्न टोलहरु सहभागि हुनेछन् ।

प्रतिकृया दिनुहोस्