मास्टर लभ

0
396
Advertisementcorona-new-ads
निर्मल घिमिरे

बोर्डिङ स्कूल पढेको कारण होला एसएलसी पास हुँदा म अन्य औसत सहपाठिहरु भन्दा अलि बढी उमेरको यानिकी १७ वर्ष पारगरेर १८ वर्षको यौवन अवस्थामा टेकिसकेकी थिए । रुप रङ र पढाइमा पनि अरु साथी स·ीहरु भन्दा त कम पक्कै पनि थिइन । रोजेको खान र रोजेको लाउन सक्ने पारीवारिक अवस्था भएको अर्को अर्थमा भन्नु पर्दा गाउँमा एक मध्यम वर्ग भन्दा केही माथिल्लो
पारिवारिक ब्यागराउण्डबाट प्रतीनिधित्व गर्दथे म । बाबाको राम्रै पोजिसनको
सरकारी जागिर काठमाण्डौमै भएको
कारण गाउँमा एसएलसीमा राम्रै प्राप्ताड्ढ ल्याएर पास भएपछी म उच्च शिक्षाको लागी म राजधानी आएको थिए । कुन विषय र कलेज पढ्ने भन्ने यकिन निधो थिएन । शहरमा खुलेका अनेकौ ब्रिज कोर्ष र इन्ट्रान्स प्रिप्रेरेशन क्लासको बिज्ञापनको भीडमा साथीहरु रुमल्लिरहेको बेलामा मलाई भने बाबाले प्लस टु मा म्यानेजमेण्ट सङ्कायमा अध्ययनको लागी काठमाण्डौको नाम चलेको एक प्राइभेट कलेजमा भर्ना गराइदिनु भयो । कलेज सुरु भएको पहिले दिन नै ‘गूड मर्निङ एभ्रीवान, वेलकम टु अल अफ यू’ भन्दै एक ह्याण्डसम पुरुष हाम्रो क्लासमा प्रवेश गरे । सुरुमा त छिर्ने बित्तिकै मैले त हामी जस्तै बिद्यार्थी होला भन्ने सोचेको थिए । किन कि उसको जिउडाल हेर्दा त्यस्तै अल्लारे उमेर भर्खरै पार गरेको जस्तो देखिन्थ्यो । हास्दा दुबै पट्टीको गालामा देखिने डिम्पल अनि कस्तो क्युट मुस्कान्, गहुगोरो बर्णको रुप रङ्, अग्लो, सर्लक्क परेको शरीर, जिम गएकोले होला टम्म मिलेका ज्यानमा सिक्स प्याक निस्केको परै बाट देखिन्थ्यो । पहिरनमा फर्मल ब्लाक ड्रेस्स्, सर्लक्क परेको केश राशि, समय समयमा लेख्दै गर्दा हल्लिएर फुरफुर गर्ने कपाललाई मुन्टो स्वाट्ट हल्लाएर मिलाउने स्वभाव, कति माया लाग्दो चकलेटी फेस, अत्यन्तै सबै सँग बोल्दा हासेर बोल्ने बानी । त्यत्रो पदमा जागिर खादा पनि घमण्ड भन्ने कुरा रत्ती भर पनि नभएको अनि ठुस्किएर नबोल्ने, मृदुभाषि, अर्को अर्थमा भन्नुपर्दा सायद कुनै हिरो भन्दा कम कुनै हालतमा देखिनु हुन्नथ्यो हामीलाई पहिलो पिरिएड पढाउन आउनु भएको मड्साब ।
आÇनो परिचय दिनु भो अनि हामी सबै सँग चिनजान गर्नु भयो । अनि पहिलो दिनको पढाइ सुरु गर्नु भयो । सबैजनाले बढो इन्ट्रेस्टका साथ पढाइमा चाख मानेर सुन्दै थिए तर म चाही सरले पढाउनु भएको स्टाइल्, उहाको मोहिनी रुपी रुप–रङ र जिउडालको Çयान पहिले भेट मै भइसको थिए । अरु अरु पनि पिरिएड भयो तर अरु टिचरहरु चाही सबै जु·ामुठे र बुढाखाडाहरु मात्र रहेछन । अरु
सरहरुको क्लासमा कुनै इन्ट्रेस्ट नै जागेन खासै । त्यो दिनको पढाइ सकियो । घर जान माइक्रो बस चड्नु पथ्र्यो । माइक्रो चड्ना साथ माड्साबको नाम फेसबूकमा सर्च गरेर खोजे । त्यो नाम भएका मान्छे कति हो कति, भेट्न साह्रै गाह्रो प¥यो । सायद हाम्रो सरले आÇनो फोटो फेसबुकमा राखेको थिएनन होला, भेटिन । घर पुगे, फ्रेस भएर खान खाए । कता कता लाज पनि लागिरहेको थियो । सर कै त्यो बोल्ने स्टाइल अनि त्यो स्वीट फेस झलझली सम्झना आइरह्यो । राती सुत्दा पनि उहाँ कै मुहार अनि त्यो क्युट मुस्कानले मलाई कता–कता काउकुती लाग्यो । यी र यस्तै स्वेर कल्पनामा डुबुल्की मार्दै कती बेला निदाइएछ पत्तै भएन । बिहान हुना साथ अघिल्लो दिन भन्दा अझ बढी राम्री बनेर कलेज गए । पार्किङ स्पोटमा सरले बुलेट बाइक पार्क गरेर अफिस रूम तिर जानु भो । म कतै लुकेर वाच गरिरहेको थिए । संयोगबस त्यसदिन पनि उहाँको पहिलो क्लास हाम्रोमा नै रहेछ । उहाको आगमन अनि पढाउदाको स्टाइल मलाई खुब मन पथ्र्यो । उहाँको आँखामा मैले आखा जुधाउदै हेर्थे । त्यो कुरा उहाले कहिले काही नोटिस सायद गर्नु भएको थियो । कहिले काही आखा जुध्दा सर अलि अड मान्नु हुन्थ्यो भने मलाई चाही झन् रमाइलो अनि मज्जा लाग्थ्यो । त्यसदिनको क्लास पनि सकियो, घर गए, उही अघिल्लो दिन कै झझल्को
आइरहेको थियो । जे र जसलाई पनि सम्हाले पनि मैले आÇनो मनलाई
काबु मा राख्न सकिरहेकी थिइन । अब कलेजमा त्यत्रा केटाहरु हुँदा–हुँदै मैले आÇनै मास्टरलाई नै मन पराउनु के मेरो दोष हो र ? मनले मन परायो त त्यसमा
मेरो के को गल्ती भो र जस्तो लाग्थ्यो । अनि मनले अर्कोपट्टी पनि कहिलेकाही मनोबाद गथ्र्यो, के म अझै उमेर नपुगेको या बालिका नै हु त भन्ने अनि आफैले आफुलाई सर्सर्ती हेर्थे । ‘महिनावारी भएको ३ साल भन्दा बढी भईसकेको छ । एक परिपक्क युवतीमा हुनु पर्ने सबै कुरा छ म मा ।
बिकास हुनुपर्ने शारीरिक अ·हरु अनि मानसिक सबैको विकास पूर्ण रुपमा भई नै सकेको छ भने मैले सरलाई मन पराउनु र चाहनु कौन सा अपराध गरेको हो र जस्ता उत्तर आफै भित्रबाट
निस्कन्थ्यो । यसै गरी दिनहरु बित्दै
गए । म उहाँसँग झन नजिक हुन विभिन्न बहाना खोज्थे । एकदिन सरलाई एक्लो हुँदा भेटेर फेसबूकमा के नाम छ भनेर सोधे, उहाँले अलि अन्कनआउँदै भनिदिनु भो । मैले ‘थ्याङ्क्यु’ भनेर सर्माउदै घर तिर गए । अनि पुग्नासाथ हतार हतार फ्रेण्ड रिक्वेस्ट पठाइ हाले । अनि उहाँको प्रोफाइल भित्र गएर सबै फोटोहरु हेरे, सबैमा लभ रीयक्ट गरिदिए किनकि उहाले पनि फील गर्न सकोस कि, मैले उहाँलाई चाहेको कुरा भनेर । त्यो दिन उहाँले
मेरो रिक्वेस्ट एसेप्ट गर्नु भएन, सायद नचलाउनु भएकोले होला भनेर प्रतिक्षामा बसिरहे । भोलीपल्ट साझ पख उहाले मेरो रिक्वेस्ट स्वीकर्नु भयो । स्वीकार्न साथ मैले ‘हेल्लो सर खाना खानु भो , आरम हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ’ जस्ता बोल्ने बहाना बनाउदै म्यासेज पठाए । उहाले पनि राम्रै रेस्पोन्स गर्नु भो । मैले चाही आÇनो मनको राजा उहालाई मनमनै बनाइसकेको थिए । क्लासमा अरु
केटीहरुले नबुझेको कुरा सरलाई सोध्दा पनि मलाई साह्रै रिस उठ्थ्यो भने मिसहरु सँग सर बोलेको झ्यालबाट देख्दा मनमा जलन हुन्थ्यो । किनकि सर सँग म बाहेक अरु केटी मान्छेहरुले बोलेको मलाई मनै पर्दैनथ्यो । मलाई उहाँको कति बजे आउनु हुन्छ, कती बेला निस्कनु हुन्छ अनि कुन क्लासमा कति बजेर कति मिनेटसम्म पढाउनु हुन्छ सबै मलाई कण्ठै थियो । यस्तै गरी मेरो वान साइडेड प्रेम काहनी चल्दै थियो । एक अर्को अर्थमा भन्नुपर्दा म सरप्रति यस्तो आकर्षित भएको थिए कि, यहाँ लेखी साध्य छैन । राती बेडमा पल्टिदा कल्पना गर्थे कि यती बेला सरको समिपमा भए कति रमाइलो हुन्थ्यो
होला । यती बेला भेटे भने सरलाई म के के गर्थे त्यो त केवल मलाई मात्र थाह
छ । मध्य रातमा बिउझिए अनि ऐना अगाडी उभिएर आÇनो अ·हरु सबै
नियाले । अनि कल्पना गरे, यो सबै उहाँ कै त हो । हि‘ हि‘ हि.. । हाम्रो जोडी खुब जम्छ होला है ।
उहाँको फेसबूक खोल्थे अनि सबैभन्दा मन परेको फोटो अन गरेर एक पटक पटक चुम्थे अनि सरमाएर खिस्स हास्दै एक्लई उसैलाई आÇनो ब्वाइ फ्रेण्डको रुपमा अ·ालोमा कसिलो गरी बाधिएको स्वेर–कल्पनामा डुबुल्की मार्दै बस्थे अनि खै कताकता काउकुती लाग्थ्यो ।
त्यतीनजेल सम्म मैले सरको घर परिवार अनि उहाको सम्पूर्ण ब्याग्राउण्डहरु विस्तृत रुपमा अध्ययन गरिसकेको थिए । उहाँको घर सर्लाही जिल्लामा रहेछ । काठमाण्डौ उहाँले स्ट्रगल गरेर आÇनो डीग्री पास गरिसकेपछी यस क्याम्पसमा पढाउन थालेको भर्खरै १ साल जती मात्र भएको रहेछ । मैले बढो हिम्मत जुटाएर एक दिन म्यासेन्जर मार्फत कलेज बाहिर भेट्न सरलाई प्रपोज गरे । उहाले पनि बढो मुस्किलले राजी हुनु भो । जुन दिन मेरो जन्मदिन पनि थियो । सरको मन जित्न गुलाबी कलरको कुर्ता सलवार लगाएर साझ पख म गएको थिए । एक क्याफेमा गएर हामीले कफी पियौ ।
उहाँले अलि अड मानिरहनु भएको थियो । अनि अलि चाडै निस्कन पाए हुन्थ्यो जस्तो फेसियल एक्स्प्रेशन
देखाइरहनु भएको थियो भने मलाई चाही उहा सँगै उहाँकै आखामा आखा जुधाउदै बस्न पाए पनि हुन्थ्यो जस्तो भईरहेको थियो तर केटी मान्छे न परे आफैले प्रस्ताव राख्दा कतै नराम्रो सोच्ने पो हो कि सरले भन्ने लागेर मनमा धेरै कुरा बाकी हुँदा हुँदै पनि छुट्टियौ । अनि घर पुग्ना साथ ‘सर आज धेरै खुशी लागो तपाइसँग इन्फर्मल भेट्दा’ भन्ने म्यासेज पठाइदिए । उहले पनि ‘सेम हियार’ भेन्ने रिप्लाई गर्नु भो । मलाई अलि हौसला बढ्यो । उहाँले फील होस भन्नाको लागी फेसबुकमा भएका उहाँको सबै फोटोमा लभ रियाक्ट अनि प्रशंसा गरेर सबैमा कमेण्ट गरिदिन्थे । ‘यति गर्दा त एक लक्का जवान केटा मान्छेले कुरा बुझ्नु पर्ने हो । त्यसमाथी उहा त झन त्यत्रो बिद्वान मान्छे । खै कस्तो लाटा के हाम्रो सर जस्तो फील हुन्थ्यो ।
मलाई यति विश्वास चाही पक्कै थियो कि, जसरी मैले उहाँलाई चाहन्थे, उहाँले पनि मलाई मन पराउनु हुन्छ होला भन्ने । जसरी म मा एक किसिमको डर थियो ठिक त्यसै गरी सरलाई पनि सायद अड लागेको थियो मलाई आÇनो बनाउन । किनकी उहाँ एक गुरु हुनुहुन्थ्यो भने म छात्रा । यदी मेरो र सरबीच चक्कर चलेको कुरा कसैले सुइको समेत पाएको खण्डमा उहाँको जागिर चट हुन्थ्यो भने म चाही कलेजबाट रेस्टिकेट हुनुपथ्र्यो । अनि अर्को कुरा म आफू परिपक्क युवती भाईसकेको भए पनि मलाई समाज र
राज्यले अझै अपरिपक्क भएको भनेर
परिभाषित गरेको थियो । त्यो पनि
उहालाई डर थियो । यही डरले गर्दा न त सरले मलाई मन परेको कुरा भन्न सक्नु भो न त मैले उहाँलाई हकिकतमा राजा बनाउन सके । त्यो क्रम प्लस टु को पढाइ सकिने बेला अन्तिम अन्तिम अवस्था सम्म यस्तै क्रम जारी रहिरह्यो ।
सर लामो बिदामा बस्नु भयो, मैले फोन गरे धेरै चोटी उहाले रिसिभ गर्नु भएन । म्यासेन्जरमा धेरै म्यासेज पठाए, सीन नै भएन त्यो सबै म्यासेज । लगभग १ महिना जति म तड्पिएर मृगतृष्णा भइ बसिरहेको थिए । एक दिन बिहान सबेरै फेसबुकमा सरले बिहे गरेको फोटो देखे । म धेरै रोए । आÇनो बनाउने चाहाना अधुरै रह्यो । उहाँको उमेर २३ बर्ष तर मेरो १८ बर्ष । एक युवतीमा हुनुपर्ने
परिपक्वता सबै म मा थियो । म उहाको लागी जात्, धर्म, अनि रुप रङमा समेत कुनै हालतमा अयोज्ञ थिइन तर पनि हाम्रो कानुन र समाजको सोचिने एक न्यारो कन्सेप्टले गर्दा केवल आÇनो मनको
दरवारमा सरलाई सजाए तर उहाको अर्धा·िनी भएर उहाँको नामको सिन्धुर लगाउने चाहना अधुरै रह्यो, केवल
अधुरै रह्यो । जति माया गरेपनि, जती मन पराए पनि, जति चाहे पनि इजहाँर गर्न नपाउदै मेरो अब्यक्त प्रेमले पूर्ण
बिराम लगायो । राम्री श्रीमती बिहे गर्नु भएको रहेछ सरले । म भन्दा पनि
राम्री । अहिले म उहाँहरुको सबै कुराहरु फेसबुक्, इन्स्टाग्राम अनि टिकटक जस्ता सामाजिक सन्जाल मार्फत नजिकबाट नियाली रहेको हुन्छु । उहाँहरुको १ सानी छोरी छिन । त्यसपछी सम्पर्क गर्न मलाई पनि अलि अड लाग्न थाल्यो । दिनहरु बित्दै गए ।
उहाँलाई गरेको एक तर्फी प्रेम नै मेरो पहिलो प्रेम भएको हुँदा म उहाँलाई अहिले पनि उतिकै माया, सम्मान अनि चाहिरहेको छु । अहिले पनि मनमनै मन पराउनु बाहेक अर्को कुनै बिकल्प छैन म सँग । त्यतिबेला उमेर र पोजिसनले मलाई उहाँको हुन दिइएन भने अहिले सामाजिक बन्धनले । किनकि मेरो पनि एक
छोरीको बुवा अहिले अर्कै मान्छे छन । स्नातक भएपछी मलाई त्यसपछीको पढाइ अगाडी बढाउन मन लागेन अनि यस लेख लेख्ने बेला सम्म मैले पनि बिहे
गरेको पनि ४ साल बढी भइसकेछ ।

प्रतिकृया दिनुहोस्