हेल्प डेस्कद्वारा वडालाई स्वास्थ्य सामग्री सहयोग

0
127
Advertisementcorona-new-ads
स्वास्थ्य सामग्री सहयोग गर्दै हेल्प डेस्क टिम ।

हेटौंडा, ४ भदौ/ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गठन भएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको दुईवटा वडामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । पल्पसा आइसोलेसन सेन्टर सञ्चालन गर्दा खरिद गरिएका र सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु स्टक रहेकोले उक्त सामग्री वडा कार्यालयमा सहयोग गरेको बताइएको छ ।
हेटौंडा १२ पदमपोखरी र हेटौंडा १९ बस्तीपुरमा औषधी, पीपीई, अक्सिमिटर, साबुन लगायतका स्वास्थ्य सामग्री सहयोग गरिएको हो । कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता अग्रवाल, सदस्य बासु खतिवडा र व्यवसायी सरोज विडारी सहितको टोलीले स्वास्थ्य सामग्री सहयोग गरेको हो । हेटौंडा १२ नम्बर वडा अध्यक्ष ललित घलान र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो । त्यसैगरी हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी नवराज र स्वास्थ्यकर्मीहरुहरुको उपस्थितिमा १९ नम्बरको शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस्