रक्सी: इतिहास देखी वर्तमान

0
486
Advertisementcorona-new-ads
निर्मल घिमिरे

रक्सी यानिकी शराब शब्द उर्दु फारसी भाषाको शर अनि आबको समास बिग्रहबाट आएको हो । जसको अर्थ शर भनेको शैतान र आवको अर्थ पानी भन्ने हुन्छ । यानिकी सराब भनेको शैतानी पानी हो । नेपालका युवा तथा बौद्धिक जगतले सम्भवत सबैभन्दा बढ्ता रोजेको तर त्यति खोज अनुसन्धान नगरिएको विषय हो रक्सी । यो एक यस्तो अचम्मको पदार्थ हो, जुन लुकेर खानेले झान धेरै खाने गरेको दृष्टान्त भेट्न सकिन्छ । जुन अहिलेको युवा पुस्ता अनि प्रौढ प्रायजसो धेरैले अत्यन्तै मन पसन्द गरिएको जिनिस हो । रक्सी खाने पारखीहरुमा एक प्रख्यात भनाइ छ कि, म रक्सी त्यो दिन मात्र पिउछु जुन दिन कि त पानी परेको हुन्छ कि त नपरेको ।

यसैबाट नै अड्कल काट्न सकिन्छ कि, मान्छेहरुले रक्सी पिउन दुखियाली, खुशीयाली र हरियाली जस्तो सुकै बेला पनि खाने गर्दछन भनेर । आज चिन्ता लाग्यो – टुच्च, खुशी भइयो – टुच्च्, साथीहरुको भेट भयो – टुच्च, ब्रेक अप भयो – टुच्च, पानी प¥यो मौसमले च्यालेन्ज गरेको बहानामा टुच्च, कुनै चाड पर्व प¥यो कि – टुच्च , बिदाको दिन प¥यो कि – टुच्च । लाग्दैछ यो टुच्च संस्कृती हाम्रो एक अभिन्न अ· नै बनिसकेको छ । हाम्रो गाउ घरको कसै कसैको परिवारमा त घरमा मासु ल्याएको दिनमा हल्का भएपनि पिउनै पर्ने देखिन्छ । अरू बेला फिटिक्कै नबोल्ने हामी रक्सी पिएपछि अङ्ग्रेजी भाषा बोल्न लाग्छन भन्ने एक अध्ययनले यसको कारण पत्ता लगाएको छ । रक्सी पिएपछि मानिसको आत्मविश्वास बढ्ने र तनाव घट्ने उक्त अध्यययले देखाएको हो । अध्ययनका अनुसार रक्सीको सेवानले आत्मविश्वास बढ्ने र तनाव घट्ने भएपछि मानिस अरुसँग डराउदैनन् र फलस्वरूप मानिसले अरूसँग विदेशी भाषामा लाज र धक नमानी बिना सङ्कोच गफ गर्न थाल्छन ।

यो पदार्थको उत्पती र सुरुवात कहिले देखी सुरु भयो यसको यकिन आकलन अहिले सम्म कसैले गर्न सकेको छैन । मैले खोज गर्दा भेटिएको सबुत प्रमाण अनुसार रक्सी वैदिक काल देखि नै प्रयोग हुँदै आएको इतिहास छ । मदिरा सेवन परम्परा मानव जाती कै उत्पति जतिकै पुरानो भेटिन्छ । प्राचिन मानव समाजमा अन्न तथा फलफूलको अलावा जनावर, पशुपंक्षीका छाला÷मासु कुहाएर समेत मदिरा उत्पादन, सड्ढलन र सेवन गरिँदै आइएको विविध तथा विस्तारित चलनचल्तीहरु भेटिन्छन् । परापूर्वकालिन धर्मग्रन्थ तथा पुराणहरूमा पनि विषजन्य पदार्थको रूपमा रक्सीको वर्णन गरिएको भेटिन्छ । अन्नबाट बनाइएको रक्सी असुरहरूले प्रयोग गर्दथे र त्यसलाई विष भनिन्थ्यो । दानवहरुले यसलाई शक्ति बढाउने वस्तुको रुपमा प्रयोग गरिएको कथनहरु भेटिन्छ भने वनस्पतिबाट बनाइएको मादक पदार्थलाई उनीहरुले अमृत मान्दथे जसलाई देवताहरुले अमृत भनिएको र त्यसलाई चोटपटक लाग्दा औषधीको रूपमा प्रयोगमा ल्याएको कथनहरु हामी स्कन्द पुरणमा भेट्न सक्छौ । दैत्यहरुका गुरु शुक्राचार्यको एउटा पौराणिक प्रसङ्ग यहाँ जोड्न चाहन्छु । शुक्राचार्य असुरहरुका गुरु अनि शिवका परमभक्त हुन् । उनलाई मात्र मरेका मान्छेलाई बचाउन सक्ने संजिवनी मन्त्र थाहा हुन्छ, असुर र देवहरुको युद्धमा शुक्राचार्यको यस सीपका कारणले देवसेनाहरु हारिरहेको हुन्छन् ।

देवताका गुरु बृहस्पतीले आफ्ना पुत्र काचालाई शुक्राचार्य संग यस संजिवनी मन्त्र बुझ्न पठाँउदछन् । शुक्राचार्यकी सुन्दरी छोरी देवयानीलाई सर्वप्रथम मायाजालमा पार्न काचालाई बृहस्पतीले निर्देशन दिएका हुन्छन् । काँचाले देवयानीसंग नजिक भएर माया जाल रच्दछ तर असुरहरुले यो कुरा चालपाएर काचाको हत्या गर्दछन् । छोरी देवयानीको अनुनय पछि शुक्राचार्यले आफ्नो संजिवनी मन्त्र प्रयोग गरेर काचालाई बचाँउदछन्, पूनः असुरहरुले उनको हत्या गर्दछन् । शुक्राचार्यले हरेक पटक काचालाई मरेपछि बचाँउदछन् । अन्त्यमा असुर सेनाले काचालाई मारेर अनि उसको शरीर पिसेर मदिरामा हालेर झुक्कयाएर शुक्राचार्यलाई सेवन गराँउदछन् ।

मदिरा सेवनपछि पेटमा दर्द भएका शुक्रार्चायले सबै कुरा चाल पाएर पेट भित्रका काचालाई मन्त्र भनेर आफ्नो पेट चिरेर बाहिर निकाल्दछन् । यसरी निस्केका काचाले त्यही मन्त्र प्रयोग गरेर पेट चिरेर मरेका शुक्राचार्यलाई बचाँउदछन् । यसरी मदिराको नशाले समस्या आउने र सवेंदनामा खलल पुग्ने कुरा पौराणिक कालमा भएको घटन स्कन्द पुराणमा उल्लेख छ । पश्चिमा देशहरुमा घाउ चोटलाई उपचार गर्न टिन्चर झोलका रुपमा बनस्पती जन्य मदिरा नै प्रयोग गरिन्छ र गरिदै आएको हो । आर्यूवेदमा पनि यस्तै वनस्पतीका झोलहरुका रुपमा असभस र अरिस्थासका प्रयोग उल्लेखित गरिएको हो । मदिराजन्य झोलहरुलाई बनस्पती वाट बनाइने र अन्नवाट बनाइने दुई रुपमा उल्लेख गरिएको पाइन्छ ।

नेपालमा भने विशेष गरी साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई रक्सी भनिन्छ । सामन्यतया रक्सी कोदो वा चामल जस्ता अन्नहरूबाट बनाइन्छ । जाँडलाई पकाएर सो लाई वास्पिकरण विधीद्वारा यो तयारी गर्ने गरिन्छ । कार्बन, हाईडोजन, र अक्सिजन मिस्रित रासायनिक यौगिक हो रक्सी । कार्बोहाइड्रेट युक्त खाद्यपदार्थ कुहिएपछि प्राकृतिक रूपमा अल्कोहोल, अर्थात मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । अन्न तथा फलफुललाई कुहाएर त्यसमा मर्चा (यीस्ट नामक ब्याक्टेरिया) हालेर जाँड बनाउने गरिन्छ । यस्ता पदार्थमा चिनी तत्व पाइन्छ । सोहि तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्छ । आधुनिक युगमा यसको सुरुवात कहाँबाट भयो भन्नेमा समाजशास्त्रीहरु बीच मत एकता पाइन्न ।

मैले खोज गरेर पाइए अनुसार मिश्रको प्रारम्भिक सभ्यतामा अल्कोहल यानिकी एथिल या इथानोल भन्ने मदिरा बनाउने अन्न, फलको रस अनि गुलियो अमिलो पदार्थलाई प्रयोग गरी उत्पादन गर्ने गरेको कुरा इतिहासमा उल्लेख छ भने चीनमा करीब ७ हजार साल पहिला देखी यसको उपभोग भएको प्रमाण पाउन सकिन्छ । भने भारतमा ३ हजार साल पहिला देखी यसको उपभोग भएको विभिन्न दस्तावेजमा उल्लेख छ । विश्वमा रक्सीका हजारौ लाखौ प्रकारहरू छन् । यता हाम्रो देशमा यसको सुरुवात कसरी र कहिलेबाट भयो त्यसको कही कतै लिखित इतिहास भेट्न सकिन्न । यद्यपी किम्बदन्तीहरुमा पाइए अनुसार यो नेपाली समाजको उत्पती सँग सँगै यसको प्रार्दुभाव भएको देख्न सक्छौ । हाम्रो देशको कुनै कुनै समुदायमा यसलाई जन्मेको दिन देखी मृत्यु हुने दिन सम्म पनि अपरिहार्य मानिन्छ ।

लिम्बू समुदायमा सुत्केरीलाई तातो तुम्बाको झोल बनाएर दिइन्छ जसले शरीरमा ताकत दिन्छ भन्ने मान्यता छ भने शेर्पा वा तामाङ समुदायमा यसको देबपुजा या कुल पुजामा अनिवार्यता रहेको पाइन्छ । इसाइ अनि बौद्ध धर्ममा पनि यसलाई स्वीकार गरिएको त छैन तर पनि सो धर्म अङाल्ने समुदायको संस्कृतीमा भने यसको प्रयोग सदियौ देखी चलि आएको पाइन्छ भने इश्लाममा मदिरालाई अस्वीकर गरिएको छ तर मुस्लिम राष्ट्रहरुमा पनि यसको खपत उल्लेख्य रुपमा भईरहेको हामी देख्न सक्छौ । खस–आर्य समुदायमा यसलाई स्वीकर्नु हुन्न भन्ने मान्यता रहे पनि अहिले अन्य समुदायका युवापुस्ता भन्दा खस आर्य जमातले यो बढी रुचाइएको देख्न
सक्छौ । कारण के हो भने उनीहरुको पुस्ता धेरै पुरानो छैन यसको प्रयोग गर्न लागेको त्यसैले पनि हुन सक्छ नयाँ र नवीन कुराहरुको प्रयोग गर्दा सो को मात्रा बढ्न जाने कुरा अर्थशास्त्रले समेत सिद्ध गरिसकेको शास्वत सत्य भनेको झै नेपाली आर्य समाजका युवाहरुले यसको प्रयोगलाई अन्य समुदायहरुलाई समेत माथ खुवाउन लागीसकेको समाजमा हामी देख्न सक्छौ । सन् १८७५ मा नेपालमा आएका रुसी नागरिक इभान पाभ्लोभिच मिनाएभले नेपालका विपन्न समुदाय देखि सम्भ्रान्तहरुको जाँड खाएर हल्लनु पर्ने स्वभावबारे यात्रा वर्णनमा उल्लेख गरेका छन् ।

नेपालीहरुलाई निकै रसिला पाए उनले । हँसमुख र दयालु देखे तर, नेपाल भ्रमणको अनुभवबारे यात्रावर्णनमा नेपालीहरुलाई जड्याहा देखे । हाम्रो समुदायमा संस्कृतिको अंग कै रूपमा प्रयोग हुने घरेलु मदिरा अहिले आम बन्दैछ । चाडपर्व, सभा–समारोह मात्र होइन, खुशी ‘सेलिब्रेट’ गर्न नभई नहुने पेयका रूपमा मदिरा प्रयोग हुन थालेको छ । स्वाभाविक हो, पिउने बढेसँगै उत्पादन पनि उकालो लागिरहेको छ । घरघरमा कति मदिरा बनाइन्छ, यसको त लेखाजोखा नै छैन । यतिले नपुगेर मदिराको आयात पनि उत्तिकै बढिरहेको छ । आर्थिक वर्ष २०६९÷७० मा रु.१ अर्ब ७६ करोडको मदिरा आयात भएकोमा आव २०७६÷७७ मा यो रकम रु. ४ अर्ब १३ करोड पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार, नेपालमा भारत बाहेक अमेरिका, अष्ट्रेलिया, बेलायत, क्युबा, मेक्सिको, फ्रान्स, बेल्जियम, पोल्यान्ड लगायत ५० मुलुकबाट मदिरा आयात भइरहेको छ ।

मदिराको कच्चा पदार्थ भारत र बेलायतबाट बढी आउँछ । रक्सी सेवन कर्ताको केन्द्रिय स्नायु प्रणालीको गति कम गराई मस्तिष्कका विभिन्न कोषहरु बीचको पारस्परिक सम्बन्ध निर्माणमा तगारो बनेर उभिदिन्छ । जसका कारण व्यक्तिको कुनै पनि कुराको ग्रहण क्षमता, श्रव्य क्षमता, दृश्य, भावना, आवेग, शारीरिक गतिशिलतामा क्षयीकरण भइ मानिस अव्यवस्थित, अव्यवहारिक र अस्वाभाविक बन्ने गर्दछ । कतिपयले पिउनु भनेकै स्वनियन्त्रण गुमाउनु अर्थात् मात्नु हो भनी बुझ्छन्, जुन गलत हो । जसको मात्रा केवल प्रसादी कै रुपमा हुनु पर्दछ । एक्दमै थोरै । आफू, परिवार र समाज सबै प्रति उत्तरदायी नभए मदिराले बढी नै हानी पु¥याउँछ । हुन पनि, अनियन्त्रित मदिरा पिएर शारीरिक र सामाजिक रूपमा बर्बाद भएका घटना प्रशस्त भेटिन्छन् । सदियौं देखि कतिपय समुदायमा कुलपूजा र भोज भतेरमा मदिरा अनिवार्य छ । तर, त्यो भनेको मदिराको मर्यादा पूर्ण उपयोग हो । भोज भतेर, पिकनिक, आफन्त वा साथीभाइ सँगको भेटघाट, खुशी साट्न, सगुनका रूपमा, व्यवहार मिलाउन, थकान मेट्न । मदिरा सेवनका यी यस्ता विभिन्न बहाना हुन्थे । तर, अब मदिराका लागि बहाना खोजी गर्ने समय सकिएको र सामान्य भेटघाट वा पारिवारिक जमघटमा समेत मदिरा प्रवेश गरेको छ । मदिराको सवालमा खोज अनुसन्धान गर्दा पत्ता लागेका र भेटिएका केहि रोचक कुराहरु यहाँ उल्लेख गर्न गइरहेको छु –
–अल्कोहल शब्दको सुरुवात सबै भन्दा पहिला सन १८४९ मा स्वीडेनका एक चिकित्सक मेग्रस हुसले प्रयोगमा ल्याएका थिए सो भन्दा अघि यसको नाम देश अनुसार कै भाषामा उच्चारण हुने गर्दथ्यो ।
–सि.एन.एन. ले संसारको पचास मीठो पेय पदार्थको सूचिमा ४१ औँ स्थानमा राखेर यसरी वर्णन गरेको थियो ।
–भोड्कालाई संसारकै सबैभन्दा लोकप्रिय मदिरा मानिछ भने अल्कोहलको दुनियामा नेपालको हिमालि भेगमा पाइने घर पारा तीन पाने कोदो फपरको ब्रण्डलाई वल्र्ड बेभरेज एशोसियसनले उत्कृष्ट ४७ औ स्थानमा यसलाई राखेको छ तर यो अझै सम्म पनि संस्थागत हुन नसकेको हुँदा यसले आधिकारीकता पाउन सकेको छैन ।
–बिलिनियर भोड्का संसारको सबै भन्दा मह·ो रक्सी हो जुन १००० एम. एल. को नेपाली रुपैया ४० करोड ८ लाख पर्न आउछ ।
–यो सन्सारमा एक पटकमा ५ करोड ४ लाख ५६ हजार मानिसहरुले रक्सी चियर्स गरेको गिलास बजाइरहेका हुन्छन ।
–रक्सीको मात लागेपछी सबै कुरा भुलिन्छ भन्ने मान्यता सत्य होईन तर यसको अधिक प्रयोगको नसाले चाही त्यसपछीको नयाँ कुरा सम्झने शक्तिको ग्रन्थीलाई चाही असार पु¥याउने कुरा चाही सही हो ।
–सन्सारमा सबैभन्दा बढी रक्सी रसियाका मानिसहरुले पिउदछन । औसतमा एक रसियनले मासिक १८ लिटर रक्सी सेवान गर्दछ ।
–आखाको नानी निलो भएका मानिसहरुले अल्कोहलको नसा अन्य भन्दा बढी पचाउन सक्दछन ।
–विश्वमा हुने सडक दुर्घटना मध्य १३ प्रतिशत दुर्घटना केवल मदिरापानको कारण भएको देख्न सकिन्छ भने हाम्रो देशमा सन २००७ अघी २७ प्रतिशत दुर्घटनाको कारण मदिरा सेवनको कारण भएको ट्राफिक प्रहरीको तथ्याड्ढबाट देख्न सकिन्थ्यो तर अहिले मा. प. से. चेकजाच र जरिवानामा कडी कडाउ गरे पछी सो ग्राफ घट्दो क्रममा छ ।
–संसारको सबैभन्दा कडा बीयर ब्रुनाइमा पाइन्छ, जहाँ ६७.५ प्रतिशत अल्कोहलको मात्र रहेको हुन्छ । ब्रुनाइका निवर्तमान सुल्तानले भुइमा बसेर रक्सी खादैनन थिए । उनले जुवा र रक्सी खादा हवाइजहाजमा सयर गर्दै मात्र खाने खेल्ने गर्दथे ।
–विश्वको ३१ प्रतिशत रक स्टारहरुको मृत्यु मदिरा र लागु पदार्थको सेवानबाट भएको तथ्याड्ढ देख्न सकिन्छ ।
–रक्सीको सेवन नगर्दा ३० प्रतिशत क्यान्सर रोगको सम्भावना कम हुने रिसर्चले देखाउछ ।
–देबी देवतालाई रक्सी चढाउने परम्परा केवल नेपालमा मात्र रहेको देखिन्छ । भारतमा पनि सो परम्परा रहेको कसैकसैले उल्लेख गरे तापनी सो देबी देवतालाई नभई असुरहरुलाई अर्पण गरेको पाइन्छ ।
–सन २०१९ को तथ्याड्ढ अनुसार संसार भरिमा प्रतिसाल ३० लाख मानिसहरुको मृत्यु रक्सीको सेवनबाट भएको देखिन्छ जुन आकडा जम्मा मृत्युदरको ५.३ प्रतिसत हुन आउछ ।
–केही मानिस आफ्नो ह्या·ओभर हटाउनका लागि विहान देखि नै अत्याधिक मात्रामा रक्सीको सेवन गर्न थाल्छन् । उनीहरुलाई लाग्छ कि, यसले उनीहरुको ह्या·ओभर कम भइरहेको छ । तर वास्तवमा रक्सी बिहान सेवनले त्यो कम हुने बिस्वास सत्य होईन ।
–जाडो भयो भने हामी रक्सी पिएर न्यानो हुन्छ या जिउ तताउन रक्सी खाने विश्वास गर्दछौ तर यथार्तमा रक्सीले शरिरको तापक्रम बढाउने होईन, झन घटाइरहेको हुन्छ ।
–रेड वाइन लाई ठिक्क मात्रा मिलाएर पिउनु हाम्रो मस्तिष्कको लागी राम्रो मानिन्छ यसमा रहेको रेस्वेराट्रोल ले हाम्रो कोलोस्ट्रोललाई नियन्त्रीत गर्नुका साथै रक्त बाहिनी नलीलाई रक्त सन्चार प्रकृया लाई सन्तुलित बनाउन मद्दत गर्दछ ।
–धेरै मानिसमा के भ्रम छ भने रक्सीको सेवनले चाडै निद्रा लगाउँछ । तर यर्थाथमा रक्सीले निद्रा लगाउदैन । बरु अत्याधिक मात्रामा रक्सीको सेवनले तपाईको शरीरमा यति अप्ठेरो महसुस हुन्छ, कि चाहेर पनि तपाई राम्ररी सुत्न सक्नु हुन्न । स्मरण रहोस – मातेर सुतेको दिन चाडै निद्रा खुल्ने गर्दछ ।
–रक्सीको साइन्स फर्मुला (ऋद्दज्टइ) हो । यसलाई एथिल अल्कोहल या इथेनल पनि भनिन्छ ।
–सन १९२० देखी १९३० सम्म अमेरिकामा रक्सी माथी प्रतिबन्ध लगाइएको थियो । सोलाई उचित नियमन गर्न या कडा गर्न रक्सीमा विष मिलाईएको थियो र सो को जानकारी सबैमा गरिदिएको पनि थियो । यद्यपी मानिसहरुले सो पनि पिउन छोडेनन र सो १० बर्षमा कारीब १ लाख भन्दा बडी मानिसहरुको मृत्यु भएको कारण त्यहाँको सिनेटले रक्सी माथीको प्रतिबन्ध फुकुवा गरेको थियो ।
–खाली पेटमा सराब पिउनु भनेको टन्न अघाएको बेलामा भन्दा तीन गुणा बढ्ता नशा लाग्दछ किन कि खाली पेटमा रक्सी पिउदा सो तरल पदार्थ सिधै रक्तबाहिनी नलीमा पुग्दछ ।
नेदरल्याण्डको राजधानीमा गल्ली चोक सफाइ गर्ने कामदारहरुलाई प्रती दिन ५० ओटा बियर र १० पाकेट चुरोट तलबको रुपमा पैसाको साटो उपलब्ध गराइन्छ ।
–पिएको ६ मिनेटपछी रक्सीले आÇनो मातको प्रभाव सुरु गरिसकेको हुन्छ ।
–विश्वको सबै देशमा भएका सुपरहिट गित मध्य औषतमा २१ प्रतिशत गीत रक्सीसँग सम्बन्धित छ ।
–हामीले पिइएको मध्य केवल २० प्रतिसत रक्सीको मात्रा पिसाबको माध्यमबाट निस्काशन हुन्छ भने बाकी ८० प्रतिसत नसाको माध्यमबाट शरिरमा अन्तर्घुलित भएर सोसिने हुँदा रक्सीलाई हानिकारक पदार्थ मानिएको हो ।

प्रतिकृया दिनुहोस्