श्रीकृष्णले खुल्ला तीज विशेष कार्यक्रम गर्ने

0
246
Advertisementcorona-new-ads

हेटौंडा, १९ भदौ/हेटौंडा–९ मा रहेको श्रीकृष्ण आर्दश बोर्डिङले खुल्ला तीज विशेष कार्यक्रम गर्ने भएको छ । हिन्दूहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रिन्सिपल नवीन केसीले जानकारी दिए ।

‘प्रतियोगितामा सहभागिता जनाउनको लागि कम्तिमा स्पष्ट सुनिने गरी ३ मिनेटको भिडियो बनाएर पठाउनुपर्ने छ । उक्त भिडियो बनाइसकेपछि विद्यालयले सामाजिक सञ्जाल फेसबुकमा उपलब्ध गराइएको नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ,’ प्रिन्सिपल केसीले भने,‘भदौ २४ गतेसम्मलाई भिडियो पठाउने समय सीमा तोकेका छौँ ।’

विद्यालयलाई भिडियो उपलब्ध भएपश्चात एक, दुई दिनमै औपचारिक कार्यक्रमको आयोजना गरी प्रोजेक्टरमार्फत भिडियो प्रस्तुत गरी उत्कृष्ट तीनको घोषणा गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट तीन जनालाई एक थान सारी, नगदसहित प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा विद्यालयका अभिभावक, विद्यार्थी तथा देशभरबाट नै महिलाहरुले सहभागिता जनाउन पाउने छन् ।

प्रतिकृया दिनुहोस्