२० जना ज्येष्ठ नागरिकलाई सम्मान

0
89
Advertisementcorona-new-ads

हेटौंडा, २२ भदौ /हेटौंडा ८ कमानेमा रहेको विकास टोल बचत समूहले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

कुशे औशी (बाबुको मुख हेर्ने दिन) को अवसर पारेर बचत समूहले वडा भित्रका ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो र बचत समूहका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिक वडाको मात्र नभएर देशकै गहना भएको बताए ।

ज्येष्ठ नागरिकहरुको अनुभव लिएर आगामी दिनमा आफ्नो वडामा गर्नुपर्ने कामको कार्ययोजना बनाउने उनले बताए । कार्यक्रममा वडाभित्र रहेका ७० वर्षमाथिका २० जनालाई सम्मान गरिएको हो । ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ८ का अध्यक्ष विष्णु अर्याल, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरु, विनोद अर्याललगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्