महिला मिलनको २१ औँ साधारणसभा

0
114
Advertisementcorona-new-ads

हेटौंडा, ३१ भदौ/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष विष्णुमाया लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी उपप्रमुख लामाले कोभिडले आक्रान्त बनाएको अवस्थामा उपमहानगरपालिकाले सोचेअनुरुपको काम गर्न नसकेको बताएकी छिन् । ‘महिलालाई लक्षित गरी उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरी अगाडि बढिरहेको छ ।’ उनले भनिन् –‘सहकारीले विभिन्न कार्ययोजना तयार पार्नुहोस् । उपमहानगरपालिका सहकारीसँग सहकार्य गरी अगाडी बढ्न चाहन्छ ।’

५ हजार २ सय ७८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयरपूँजी ४ करोड ९७ लाख ४७ हजार रुपैयाँ छ भने ४० करोड २६ लाख १६ हजार रुपैयाँ निक्षेप रहेको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले बताइन् । ५६ करोड ८७ लाख ६८ हजार कुल कारोबार रहेको सहकारीले १ करोड १७ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले जेष्ठ शेयर सदस्य तिर्थ कुमारी नेपाल, शान्ति माया हिमडुङ र हिरामाया रुम्बालाई नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै सहकारीमा कार्यरत सह व्यवस्थापक दिपेश अधिकारीलाई उत्कृष्ट कर्मचारी र पत्रकार निशा गुरुङलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा हेटौंडा–१३ नम्वर वडाध्यक्ष मनोज वाइबा, हेटौंडा–१२ का वडाध्यक्ष ललित घलान, संस्थाका संस्थापक अध्यक्ष सुकुमाया थिङलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्