बोस दिदीभाईलाई उपाधि, दौडमा मोक्तान प्रथम

0
633
Advertisementcorona-new-ads

हेटौंडा, २ असोज/संविधान दिवस २०७८ का अवसरमा हेटौडामा भएको खुल्ला व्याडमिन्टन प्रतियोगितामा माधवी बोस र अभिषेक बोस (दिदीभाई)ले उपाधि जितेका छन् । उनीहले उपाधि सहित नगद ३५ हजार प्राप्त गरेका छन् ।

यस्तै विरु गुरुङ र रमेश रेग्मीको टीमले दोस्रो हुदै २५ हजार तथा शिवहरी कुवँर र गणेश लामा तथा हरि बहादुर तामाङ र चेत बहादुर विकाको जोडीले तेस्रो हुदै १५ हजार प्राप्त गरेका छन् । संविधान दिवस मुल समारोह समिति बागमती प्रदेशको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयोजनामा भएको प्रतियोगितामा २१ टिमको सहभागिता थियो । त्यस्तै संविधान दिवस २०७८ को अवसरमा भएको ५ किमी दौड प्रतियोगितामा हेटौंडा–१३ पदमपोखरीका महेश मोक्तान प्रथम भएका छन् ।

संविधान दिवस, २०७८ मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ मकवानपुरको संयोजनमो दौड प्रतियोगिता भएको हो । ५० जना धावकलाई पछी पार्दै मोक्तानले निर्धारित दुरी १६ मिनेट २१ सेकेण्डमा पार गरेका थिए ।

त्यस्तै बामगती प्रदेश प्रहरी कार्यालयका सुरेश साहले १७ मिनेटमा दुरी पार गरि दोस्रो र प्रहरी कार्यालयकै श्याम कुमार राईले १७ मिनेट १६ सेकेण्डमा पार गर्दै तेस्रो भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय भएकाहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्