नवोदय ‘एक्टिङ स्टार’ मा उत्कृष्ट तीन छनौट

0
293
Advertisementcorona-new-ads

हेटौंडा, ५ असोज/हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा नवोदय ‘एक्टिङ स्टार’ प्रतियोगिता भएको छ । मंगलबार भएको फाइनल राउण्डमार्फत उत्कृष्ट ७ बाट उत्कृष्ट ३ छनौट भएका छन् । उत्कृष्ट तीनमा छनौट हुनेमा स्तुति गुरागाईँ, प्रशिद्ध मिश्र र स्वर्णिमा अधिकारी रहेका छन् ।

विद्यार्थीहरुको अभिनय कला प्रस्फुटन गर्ने तथा समुदायमा भएका विकृतिलाई नाटक मार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नवोदय विद्यालयका नाटक शिक्षक तथा प्रतियोगिता संयोजक माधव भुर्तेलले जानकारी दिए । उनका अनुसार उत्कृष्ट तीनमा परेका विद्यार्थीहरुले नवोदय स्टार अफ स्टार प्रतियोगितामा प्रतिस्पर्धा जनाउने छन् ।

दशैँ अगावै हुने नवोदय स्टार अफ स्टार प्रतियोगितामा नृत्य, म्युजिक र नाटक विद्यामा प्रतिस्पर्धा गराएर एकजनालाई एक्टिङ स्टार घोषणा गरिने छ । प्रतियोगितामा तरङ्ग सांस्कृतिक परिषद् अध्यक्ष उज्जवल शर्मा भण्डारी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आशाकाजी श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नवोदय विद्यालयका निर्देशक दिपेश जोशी, सहायक प्रधानाध्यापक दुर्गा भट्टराईलगायतको आतिथ्यता थियो भने अभिभावक, शिक्षक/शिक्षिका, विद्यार्थीहरुको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्