असुरक्षित गर्भपतन गराउँदै ५८ प्रतिशत महिला

0
677
Advertisementcorona-new-ads

हेटौंडा, १५ साउन/ नेपालमा ५८ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएको छ । आइपास नेपालको आयोजना तथा महिला बालबालिका तथा वातावरण सुधार मञ्च ९ओचिन्ड० को समन्वयमा बुधबार हेटौंडामा आयोजित १ दिने
अभिमुखीकरण कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै प्रतिबर्ष देशमा ३ लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेको र तिमध्ये ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गराइरहेको जानकारी दिइएको हो ।
यस्तै असुरक्षित गर्भपतन गराउने मध्ये ७ प्रतिशत महिलाको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको छ । मकवानपुरमा अघिल्लो बर्ष ८ सय ८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा यसबर्ष जेठ सम्ममा मात्रै १ हजार ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । कार्यक्रमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले सुरक्षित गर्भपतनबारे महिला र पुरुषहरुलाई सँगै राखेर अभिमुखीकरण गरिनुपर्नेमा जोड दिइन् । उनले सुरक्षित गर्भपतनबारे आमधारणामा परिवर्तन आएमात्र सुरक्षित गर्भपतन सेवा लिन महिलाहरु निर्धक्कसंग आउने दावी गरिन् । कार्यक्रमका सहभागीहरुले मकवानपुरगढी र कैलाश गाँउपालिकामा सुरक्षित गर्भपतन सेवा सञ्चालन नभएकोले तत्काल सेवा सुरु गर्नुपर्नेमा जोड दिएका छन् । अहिले मकवानपुरमा सुचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सुचीकृत निजी ३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।
कार्यक्रममा किटजन्यरोग नियन्त्रण तथा अुनसन्धान तालिम केन्द्रका निर्देशक डा। यदुचन्द्र घिमिरे, जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्याय, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिँह, महिला बालबालिका र वातावरण विकास केन्द्रका संयोजक सुप्रिमा सापकोटालगायतले सुरक्षित गर्भपतनबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रम ओचिन्डका प्रबन्ध निर्देशक उद्धब बानियाँको अध्यक्षतामा भएको हो ।

प्रतिकृया दिनुहोस्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्