बागमती प्रदेश

प्रदेशसभा बैठक आज

हेटौंडा, २३ चैत/बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । जारी हिउँदे अधिवशेनको पछिल्लो बैठक माघ ९ गते बसेको थियो ।

विगतका नराम्रो विर्सेर अघि बढ्न मुख्यमन्त्री पौडेलको आग्रह

हेटौंडा, १८ चैत/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा विषयहरु विर्सिएर अघि बढ्न आग्रह गरेका छन् । ललितपुरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा भएको तीता कुराहरु विर्सिएर...

बागमती प्रदेश एमाले संसदीय दलको बैठक आज

हेटौंडा, १७ फागुन/नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । ललितपुरस्थित तुल्सी अमात्य प्रतिष्ठानमा बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आदेश दिने बुझिएको छ ।

माओवादीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

हेटौंडा, १६ चैत/नेकपा माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सोमबार काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठकले बागमती प्रदेशमा समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय, मुख्यमन्त्री पौडेलको सरकार जोगिने संकेत

हेटौंडा, ११ चैत/नेकपा एमालेको माधव नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको नेपाल समूहको सांसद र शीर्ष नेताबीच भएको छलफल पछि अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय...

प्रदेश सरकार विरुद्धको मुद्धामा वर्षेनी वृद्धि

हेटौंडा, ८ चैत/प्रदेश सरकारको कानुनी सल्लाहकारको रुपमा रहेको मुख्यन्यायधिवक्ताको कार्यालय स्थापनाको तीन वर्ष पूरा भएको छ । बागमती प्रदेशमा तत्कालिन मुख्यन्याधिवक्ता सूर्यचन्द्र न्यौपानेले २०७४ चैत ८ गते सपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । उनले राजीनामा दिएपछि...

लक्ष्मी आधारभूतलाई दिव्यसेवाको छात्रवृत्ति

हेटौंडा–५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । हेटांडा–१५ रातोमाटेमा रहेको दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलले लक्ष्मी आधारभूतका २१ विद्यार्थीलाई छात्रवृत्ति वितरण...

तरुण क्षेत्रीय सदस्यमा कार्की मनोनित

हेटौंडा/नेपाल तरुण दल मकवानपुर क्षेत्र नम्बर ३ को सदस्यमा प्रकाश कार्कीलाई मनोनित गरिएको छ । क्षेत्रीय सभापति सञ्जय श्रेष्ठका अनुसार हेटौंडाका युवा व्यवसायी कार्कीलाई शुक्रबार मनोनित गरिएको...

सर्वदलीय सहमति नहुँदा बैठक बस्न सकेनः सभामुख

हेटौंडा, ७ फागुन/प्रदेशसभा बैठक सञ्चालनमा सर्वदलीय सहमति नहुँदा समस्या परेको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । शुक्रबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै सभामुख श्रेष्ठले आफूलाई कुनै दबाब नपरेको बताए ।

अविश्वासको प्रस्ताव टार्दै मुख्यमन्त्री

हेटौंडा, ५ फागुन/आफू विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबुल भइसकेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल यसलाई छलिरहेका छन् । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावमाथी छलफल हुने तय भए पनि विहानै सूचना टाँस गरी प्रदेशसभा स्थगित गरिएको छ । सभामुख...